ल्होत्से बहुउद्देश्यीय प्रा.लिले यातायात मजदुर नेतालाई पक्राउ गर्न माग गरेको छ।
ल्होत्से मलभित्र चोरी तथा तोडफोडबाट भएको क्षतिपूर्ति माग गर्दै घटनामा संलग्न मजदुर नेतालाई पक्राउ गरी कारबाही गर्न माग गरेको हो।
ल्होत्से बहुउद्देश्यीयले फागुन १ गतेको घटनाबाट आफ्नो सुरक्षामाथि खतराको महशुस भएको उल्लेख गर्दै निर्धक्क भएर काम गर्ने वातावरण बनाइदिन माग गरेको छ।
कम्पनीका अध्यक्ष दिपक कुँवरले विभिन्न ट्रेड युनियनले भेला तथा ठाउँ माग गरेकोमा बसपार्कको सवारी आवागमनलाई प्रभाव पर्ने देखिएपछि अन्य स्थानमा भेला गर्न आग्रह गरेको बताए।
कुँवरले कानुनसम्मत रुपमा काठमाडौं महानगरपालिकासँग निश्चित समयका लागि सम्झौता गरेर सञ्चालन गरिहेको र सञ्चालक समूहलाई मजदुर नेताले बारम्बार धम्की दिने काम हुँदै आएको कुँवरको भनाइ छ।
नयाँ बसपार्क कानुनसम्मत छैन भने किन लगानी गरी सञ्चालन गर्न दिइयो भन्दै प्रश्न गरेका छन्।
Shares
प्रतिक्रिया