ad ad

कारोबार


निजी क्षेत्रका समस्या नियमनकारी निकायसामु पुर्‍याउँछौँ : चन्द्र ढकाल

निजी क्षेत्रका समस्या नियमनकारी निकायसामु पुर्‍याउँछौँ : चन्द्र ढकाल

नेपालखबर
माघ २८, २०७९ शनिबार २१:४०, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश ढकालले निजी क्षेत्रका हरेक समस्या नियमनकारी निकायसामु पु¥याउन प्रतिबद्ध रहने बताएका छन्।

तुलसीपुर उद्योग वाणिज्य सङ्घको २८औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले निजी क्षेत्रको ठूलो लगानी रहेको बैङ्किङ क्षेत्रले ब्याजदर बढाउँदा आम उद्योगी व्यवसायी मारमा परेको बताए।

आर्थिक गतिविधिका लागि दाङ सम्भावना बोकेको ठाउँ भएको बताउँदै उपाध्यक्ष ढकालले यहाँको कृषि, पर्यटन जस्ता क्षेत्रमा लगानी गर्न आम व्यवसायीलाई आग्रह गरे। ‘दाङ सम्भावना बोकेको ठाउँ हो। यहाँ केबलकारदेखि, कृषि, पर्यटनजस्ता प्रोजेक्टमा लगानी गरेर मुनाफा लिन सकिन्छ। हाम्रो पनि सहयोग आवश्यक परेमा भन्नुस् सहयोग गर्न तयार छौँ’, उनले भने।

नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन पर्यटन क्षेत्रको भूमिका रहेको र यसतर्फ ध्यान दिन निजी क्षेत्रलाई आग्रहसमेत गरे। ‘कोरोनाका असर–प्रभाव अहिले निजी क्षेत्रमा धेरै नै देखिएको छ’, उनले भने, ‘त्यसैले अब राजनीति पैरवी हुन जरुरी छ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले व्यवसाय गरिराखेका व्यवसायीलाई विस्थापित हुन नदिन आफूले राष्ट्र बैंकको गर्भनरसँग छलफल गरेको जानकारी दिए। 

तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले भयरहित वातावरणमा व्यवसाय सञ्चालन गर्न सुरक्षा व्यवस्था कायम गर्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .