ad ad

कारोबार


१७० वटा रुम, ४६५ वटा रेस्टुरेन्ट सिट, यस्तो हुनेछ सूर्य नेपालको पाँचतारे होटल

१७० वटा रुम, ४६५ वटा रेस्टुरेन्ट सिट, यस्तो हुनेछ सूर्य नेपालको पाँचतारे होटल

दीपक भट्ट
पुस १४, २०७६ सोमबार १२:३२,

सूर्य नेपाल प्रालिले बूढानीलकण्ठमा एक सय ७० वटा रुमयुक्त पाँचतारे होटल निर्माण गर्ने भएको छ। होटलमा चार सय ६५ वटा सिट रहने रेष्टुरेन्ट समेत हुनेछ।

प्रस्तावित होटल सेवामूलक उद्योगको रुपमा दर्ताको प्रक्रियामा रहेकाे सूर्य नेपालका एक सञ्चालक समिति सदस्यले नेपालखबरलाई जानकारी दिए।

कम्पनी दर्ताको लागि सूर्य नेपालले होटलको प्रोजेक्ट प्रपोजलमा ५ अर्ब ९५ करोड प्रस्ताव पेस गरेको छ। चालू पुँजी ४ करोडसहित कुल पुँजी ५ अर्ब ९९ करोड हुने प्रस्ताव पेश गरेको हो।

होटलको विद्युत खपत ३ हजार केभीए हुने र ३ सय ६ जनालाई रोजगारी दिने कम्पनीले जनाएको छ। होटल ३ सय ६५ दिनै सञ्चालन हुने तथा तीनवटै सिफ्टमा सञ्चालन गरिने कम्पनीको प्रस्तावमा उल्लेख छ।

होटल स्थापनाको प्रस्तावनापत्र तयार गरेर कम्पनीले हाल उद्योग विभागमा उद्योग दर्ताको लागि पठाइसकेको छ। उक्त होटल बूढानीलकण्ठ नगरपालिका ३ र ६ मा रहेको आफ्नै जग्गामा उक्त होटल निर्माण गरिनलागेको स्रोतले जानकारी दियो।

सूर्य नेपालको शाखा उद्योगको रुपमा रहने उक्त होटलका लागि आवश्यक पुँजीमध्ये कम्पनीको रिटेन्ड अर्निङ (सञ्चित आम्दानी)बाट प्रयोग गरिने सूर्य नेपालले जनाएको छ। त्यस्तै कम्पनीको ‘स्टेटमेन्ट अफ फाइनान्सियल पोजिसन’अनुसार इक्विटी (स्वपुँजी) १२ अर्ब ३५ करोड १० लाख ६० हजार २ सय ४६ रुपैयाँ रहेको छ।

कम्पनीको एक महिनाअघि सम्पन्न साधारणसभाले नै होटल सञ्चालन गर्ने र अधिकृत पुँजी छ अर्ब ५० करोडबाट १८ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पास गरेको थियो।

सञ्चालक समितिले कम्पनीको अधिकृत सेयर पुँजी ६ करोड ५० लाख कित्तामा प्रतिकित्ता एक सयका दरले वृद्धि गर्ने प्रस्ताव पास गरेको हो। यसअनुसार १८ करोड कित्ता सेयर विभाजन गरी अधिकृत पुँजी १८ अर्ब रुपैयाँ पुर्याइनेछ।

याे पनिः 
सूर्य नेपालले बूढानीलकण्ठमा पाँचतारे होटल खोल्दै, पुँजी १८ अर्ब पुर्‍याइने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .