ad ad

कारोबार


स्थापनाको दोस्रो वर्षमै अजोडको ७ प्रादेशिक र १६ शाखा

स्थापनाको दोस्रो वर्षमै अजोडको ७ प्रादेशिक र १६ शाखा

नेपालखबर
पुस १३, २०७६ आइतबार १४:२९,

अजोड ईन्स्योरेन्स लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

साधारण सभाका अवसरमा विभिन्न निर्णयहरु गर्नुका साथै कम्पनीकाे प्रगति विवरण सार्वजनिक गरिएकाे छ। कम्पनी सञ्चालनमा आएको छोटो अवधिमा नै प्रधान कार्यालयसहित ७ वटा प्रादेशिक कार्यालय र १६ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ।

प्रदेश कार्यालयहरुमा विराटनगर, विरगंज, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी तथा १६ वटा शाखा कार्यालयहरुमा विर्तामोड, इटहरी, जनकपुर, नारायणघाट, बनेपा, भक्तपुर, नयाँ बानेश्वर, जोरपाटी, बुढानिलकण्ठ, बालाजु, ललितपुर, कलंकी, किर्तीपुर, पर्वत, भैरहवा र नेपालगंज रहेका छन्।

यस्तै, १५ वटा उपशाखा कार्यालयहरु पनि सञ्चालनमा ल्याइएको छ। जसमा दमक, रौतहट, लाहान, जितपुर सिमरा, टाँडी, चापागाउँ, कावासोती, पालुङटार, बुर्तिवाङ, दमौली, गुल्मी, पूर्वी रुकुम, टिकापुर, दाङ्ग र पश्चिम रुकुम रहेका छन्।

यस्तै, १८ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु एकान्तकुना, सतुङ्गल, ठाडोभयाङ्ग, भक्तपुर, विर्तामोड, इटहरी, बिराटनगर, लहान, जनकपुर, हेटौडा, नारायणघाट, कावासोती, डुमे्र, पोखरा, बुटवल, नेपालगंज, धनगढी, सुर्खेत रहेका छन्। भने एउटा ग्राहक सेवा केन्द्र सञ्चयकोषको कार्यालय, ठमेल मार्फत् बीमा सेवा सुरुवात गरी बीमा सेवा प्रदान गरिरहेको छ।

कम्पनीले यही २०७६ साल वैशाख १ गते देखि नै लागु हुने गरी आफ्ना ग्राहकहरुलाई ३६५ दिन नै बीमा सेवा समेत प्रदान गर्दै आएको छ।

कुनै पनि बीमा कम्पनीका लागि मेरुदण्डका रुपमा रहेको दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो चुस्त र पारदर्शि वनाउने उद्येश्यले यस कम्पनीले फाष्ट ट्रयाक दावी भुक्तानी निति अवलम्वन गरि रु.२ लाख सम्मको दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था समेत गरेको कम्पनीले जनाएको छ।

यस कम्पनीले चालु आ.ब.को हाल सम्म ४८०७१ बीमालेख जारी गरी रु. ३५.९२ करोड बीमा शुल्क आर्जन गर्नुका साथै हाल सम्म ८६६ वटा दावी वापत रु.१०.१२ करोड दावी भुक्तानी गर्न सफल भएको छ। त्यसै गरी हाल कम्पनीको संस्थापक सदस्यहरु वाट कायम रहेको चुक्ता पूजी रु.७० करोड रहेकोछ भने लगानी तर्फ रु. ९५.९७ करोड पुगेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .