भारतीय अर्बपति गौतम अदानीले एकैदिन ठूलो परिमाणमा सम्पत्ति गुमाएका छन्।
बीबीसीका अनुसार अमेरिकी कम्पनीले धोखाधडीको आरोप लगाएपछि लगातार दोस्रो दिन लगानीकर्ताले उनका कम्पनी छाडेपछि शुक्रबार एकै दिन २० अर्ब डलरभन्दा धेरै सम्पत्ति गुमाएका हुन्।
अदानी ग्रुपले भने उक्त अमेरिकी लगानी कम्पनीको रिपोर्टलाई मालिसियसको संज्ञा दिँदै खारेज गरेको छ।
भारतको प्रमुख प्रतिपक्षी दलले यसबारे अनुसन्धान गर्न सरकारसँग माग गरेको छ। उनका सार्वजनिक सूचीकृत कम्पनीहरुले ५० अर्ब डलरभन्दा धेरैको बजार मूल्य गुमाइसकेका छन्।
अदानी इन्टरप्राइजेसको सेयर शुक्रबार २० प्रतिशतभन्दा धेरैले ओरालो लागेको थियो भने अन्य ग्रुपकै कम्पनीको पनि सेयरमा उच्च गिरावट आएको थियो।
योसँगै विश्वको तेस्रो ठूलो धनी बनेका अदानी सातौँ स्थानमा झरेको फोर्ब्स म्यागेजिनले जनाएको छ।
अदानीबारे थप समाचार पढ्नुहोस् :
-
बेजोसलाई पछि पार्दै भारतीय अदानी बने विश्वकै दोस्रो धनी
-
भारतका गौतम अदानी विश्वकै तेस्रो ठूलो धनी, टप–३ मा एसियाबाट पहिलो
-
कलेज छोडेर व्यवसाय रोजेका अदानीः बफेटलाई उछिन्दै बने विश्वको पाँचौँ धनी
-
मुकेश अम्बानीको स्थान खोस्दै गौतम अदानी बने एसियाकै धनी
-
गौतम अदानी हरेक दिन कमाउँछन् १६०३ करोड, फेरि बने एसियाको दोस्रो सबैभन्दा धनी व्यापारी
Shares
प्रतिक्रिया