ad ad

कारोबार


आईएमई पेले फेरि ल्यायो मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक

आईएमई पेले फेरि ल्यायो मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याक

नेपालखबर
माघ ३, २०७९ मंगलबार १७:५, काठमाडौँ

आईएमई पेले मोबाइल रिचार्जमा ५ प्रतिशतसम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ। 

यसभन्दा अघि ल्याइएको उक्त अफर ग्राहकवर्गको उच्च मागमा पुस ३० गतेबाट पुनः सुरु गरिएको छ।

अफरमार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप दर्ता गरेको मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक र अन्य कुनै मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाउने जानकारी सार्वजनिक गरिएको छ। 

हालसम्म ४० लाखभन्दा बढी प्रयोगकर्ताहरुलाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आइरहेको आइएमई पेले सो अफर आफ्नो सम्पूर्ण ग्राहक वर्गलाई समर्पित गरेको छ। 

कम्पनीले यस अफरको नियम तथा शर्त स्वरुप हरेक प्रयोगकर्ताहरुले १ महिनाको समय अन्तरालमा आफ्नो मोबाईल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम रू. १०० क्यासब्याक र अरु मोबाईल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम रू. १०० क्यासब्याक प्राप्त गर्न सकिने जानकारी पनि दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .