ad ad

कारोबार


२५ गतेदेखि बैंक अफ काठमाण्डु र ग्लोबल आईएमई एक हुँदै

२५ गतेदेखि बैंक अफ काठमाण्डु र ग्लोबल आईएमई एक हुँदै

नेपालखबर
पुस २१, २०७९ बिहिबार १२:५४, काठमाडौँ

यही पुस २५ देखि बैंक अफ काठमाण्डु र ग्लोबल आईएमई बैंक एक हुँदै छन्। २५ गते यी दुई बैंकको एकीकृत कारोबार हुने भएको हो। 

ग्लोबल आईएमई बैंकले जारी गरेको सूचनाअनुसार नेपाल राष्ट्र बैंक कम्पनी रजिस्ट्रारको कार्यालय र नेपाल राष्ट्र बैंकबाट स्वीकृत पाएसँगै एकीकृत कारोबार सुरु गर्नलागेको हो। 

दुवै बैंकको साधारणसभाले समेत मर्जर प्रस्ताव स्वीकृत गरिसकको छ। 

बैंकले जारी गरेको सूचनामा भनिएको छ, ‘ग्राहक, सेयरधनी, नियमनकारी निकायहरु तथा सम्बन्धित सबैको जानकारीको लागि २५ गतेदेखि दुई बैंक हुँदै छ र मर्जरपछि बैंकको केन्द्रीय कार्यालय कमलादीमा रहेको ग्लोबल आईमएई बैंक हुनेछ।’

मर्जरमा सम्झौताअनुसार ग्लोबल आईएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच मर्जर प्रयोजनका लागि २०७९ असार २ गते प्रारम्भिक सहमतिमा तथा २०७९ कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो। 

मर्जरको निम्ति सेयर स्वाप अनुपात १ः१ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .