ad ad

कारोबार


अर्थमन्त्री भन्छन्– अर्थतन्त्रमा समस्या छन्, काबुभन्दा बाहिर गएको होइन

अर्थमन्त्री भन्छन्– अर्थतन्त्रमा समस्या छन्, काबुभन्दा बाहिर गएको होइन

नेपालखबर
पुस १४, २०७९ बिहिबार ६:३०, काठमाडौँ

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सावधानीपूर्वक कदम चाल्दा ठिक ठाउँमा आउने बताएका छन्।

बुधबार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघसंगको छलफलमा बोल्दै मन्त्री पौडेलले सरकारले सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र सकारात्मक दिशामा आउने बताएका हुन्।

उनले अहिले सबैको साझा सरोकारको विषय आर्थिक क्षेत्रमा देखिएका समस्या समाधान खोज्ने र सबल अर्थतन्त्रमा निर्माण गर्न सकिने बताए।

अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी सबल अर्थतन्त्र बनाउन सबैले एउटा एउटा इट्टा थप्दै जानुपर्ने आवश्यता रहेको पौडेलको भनाई छ।

उनले मुलुकको अर्थतन्त्र काबुभन्दा बाहिर नभए पनि समस्या भने रहेको बताए। ‘मुलुकको अर्थतन्त्र काबुभन्दा बाहिर गएको भन्ने होइन। तर अर्थतन्त्रमा समस्याहरु छन्,’ उनले भने, ‘यदी मिस ह्यण्डिल गर्‍यो भने अर्थतन्त्र अफ्ठ्यारोमा पर्नसक्छ। सावधानिपूर्वक हिँड्यौं भने र ठिक ढङ्गले कदम चाल्दै गयौं भने अर्थतन्त्र ठिक ढङ्गमा आउनसक्ने देखिएको छ।’ 

अर्थ मन्त्रालय भित्र र बाहिर बसेर हेर्दा फरक पर्ने महशुस आफूले गरेको उनले बताए। ‘अहिले सबैको साझा सरोकार अर्थतन्त्रको आर्थिक क्षेत्रमा देखिएका समस्याहरुको समाधान खोज्ने र सबल अर्थतन्त्र निर्माणका लागि एउटा एउटा् इट्टा थप्दै जाने त्यो क्षणमा हामी छौं,’ अर्थमन्त्री पौडेलले भने, ‘यही दिशामा पत्रकारहरुको पनि रचनात्मक सहयोगको अपेक्षा गर्दछु।’

मन्त्री पौडेलले अर्थतन्त्रलाई सबल बनाउनको लागि आर्थिक पत्रकारहरुले रचनात्मक भुमिका खेल्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .