सोमबार सेयरबजार हरियो भएको छ।
बजार परिसूचक नेप्से ३.८३ अंकले बढेसँगै १२५ कम्पनीका लगानीकर्ताले कमाएका छन्।
सोमबार २५१ कम्पनी सेयर कारोबारमा सामेल भएकामा २६ लाख ९९ हजार कित्ता सेयर बिक्री भएको छ।
३० हजार ५४५ पटकको खरिदबिक्रीसँगै ८८ करोड ६० लाख रुपैयाँको कारोबार भएको हो।
आज धेरै कमाउनेमा धौलागिरि लघुवित्तका सेयरधनी छन्। कम्पनीको सेयर १० प्रतिशतले बढेपछि उनीहरुले प्रतिकित्ता ४९.६० रुपैयाँ आम्दानी गरेका हुन्। त्यस्तै खप्तड लघुवित्तका सेयरधनीले पनि ६.०८ प्रतिशत आम्दानी गरेको नेप्सेले जनाएको छ।
अन्य लगानीकर्ताले भने उल्लेख्य कमाउन सकेनन्। त्यस्तै इस्टर्न हाइड्रोका लगानीकर्ता आज धेरै गुमाउनेमा अगाडि छन्। उनीहरुले ७.९७ प्रतिशत गुमाएका छन्।
आज ६ करोड ९३ लाखको कारोबारसँगै प्राइम बैंक सर्वाधिक कारोबारमा अगाडि छ। फरवार्ड माइक्रोफाइनान्सको पनि आज साढे ५ करोडको सेयर कारोबार भएको छ।
Shares
प्रतिक्रिया