चार वर्षपछि पेट्रोलियम पदार्थ ढुवानी भाडा बढेको छ।
नेपाल आयल निगमले चार वर्षपछि पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको भाडा समायोजन गरेको हो।
गत कात्तिक २७ गते बसेको निगमको सञ्चालक समितिको भाडा बढाउने निर्णय थप अध्ययनपछि पुस १ गतेदेखि कार्यान्वयन गरिएको निगमले जनाएको छ।
ट्यांकरहरूको भाडा ५ प्रतिशतदेखि १० प्रतिशतसम्म वृद्धि गरिएको निगमले जानकारी दिएको छ। निगमले देशभरका आन्तरिक र बाह्य गरी ३६ वटा गन्तव्यमा इन्धन ढुवानी गर्ने ट्यांकरको भाडा बढाएको हो।
त्यस्ता ट्यांकरको स्थानीय १५ किलोमिटरसम्मको ढुवानीमा न्यूनतम ३८२ रुपैयाँ १८ पैसाले भाडा बढेको छ। वीरगन्जदेखि थानकोट र सिनामंगल डिपोसम्मको ढुवानी भाडा क्रमश: ६ हजार ६ सय ३० रुपैयाँ २० पैसा र ६ हजार ६ सय ९० रुपैयाँ ५५ पैसा बनाइएको निगमले जनाएको छ।
Shares
प्रतिक्रिया