ललितपुरमा रहेको गैरनाफामूलक संस्था ग्लोबल कर्पोरेसन फर डेभलपमेन्ट (जीसीडी)ले गत कात्तिकमा डोटीमा गएको भूकम्पका पीडितलाई राहत सामग्री वितरण गरेको छ।
चार सय परिवारलाई राहत सामग्री वितरण गरिएको संस्थाले जनाएको छ। ती राहत सामग्री चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टले उपलब्ध गराएको हो। चाइना फाउन्डेसन बेइजिङमा रहेको गैरसरकारी दातृसंस्था हो।
राहत सामग्रीमा ब्ल्यांकेट, पाल, गम्छा, आकस्मिक बक्स र केही स्टेसन आइटम तथा हाइजिन र स्वास्थ्य किटहरु रहेका छन्। सामग्री डोटीमा एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो।
72
Shares
प्रतिक्रिया