ad ad

कारोबार


१० महिनामा ठडिने छ २२ तले नयाँ धरहरा, दैनिक ३५० जना खटिए (भिडियो)



वि.सं. २०७२ वैशाखको भूकम्पले भत्किएको धरहरा निर्माण जिम्मा पाएको जीआई इटिसी रमन जेभीले यसको पूरा निर्माण आगामी वर्षको अक्टोबरभित्रै गरिसक्ने बताएको छ। सोहीअनुसार अहिले धरहरा निर्माणको काम तीव्र गतिमा भइरहेको हो।

कम्पनीका अनुसार हाल दैनिक रुपमा ३ सय ५० जनाले उक्त परियोजनामा काम गरिरहेका छन्।

धरहरा निर्माणको लागि पुनर्निर्माण प्राधिकरण र निर्माण कमपनीबीच १३ सेप्टेम्बर २०१८मा सम्झौता भएको थियो। त्यो सम्झौताअनुसार दुई वर्षभित्र निर्माण गरिसक्नुपर्ने उल्लेख छ।

सोहीअनुसार निर्माण सुरु तोकिएकै मितिमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठ बताउँछन्। उनी भन्छन्, ‘२०२० अक्टोबरभित्र धराहरा टावरको सम्पूर्ण काम सम्पन्न हुनेछ। अहिले सोहीअनुसार काम समेत भएको छ।’

dharahara sketch 2

सम्झौता भएको एक हप्तापछि काम सुरु भएको थियो। आजको स्थिति हेर्ने हो भने ३३ प्रतिशत भौतिक रुपमा काम सम्पन्न भएको २४ प्रतिशतचाहिँ फाइनान्स पक्षको काम सम्पन्न भएको हो।

चार कम्पोनेन्टअन्तर्गत धरहराअन्तर्गतको तुई तल्लाको अण्डर ग्राउण्ड दुईतल्ला र माथि तीन तल्ला निर्माण भएको छ।

dharahara sketch 3

अर्को पार्किङको पनि काम अघि बढिरहेको छ। अन्य वालहरुको पनि काम भइरहेको छ। अर्को भने म्यूजियम र कयान्टिन ब्लक रहेको छ। त्यो काम पनि अघि तयारीमा छ।

श्रेष्ठका अनुसार चार कम्पोनेन्टको काम गर्ने हो। त्यसमा पनि सबैभन्दा मुख्यचाहिँ धरहरा टावर निर्माण नै हो।

अर्को भनेको पार्किङको काम हो। जुन हुलाक गोश्वारा रहेको ठाउँमा निर्माण भइरहेको छ। त्यसपछि अर्को भनेको ‘टक्सार’ हो।

dharahara sketch 4

क्यान्टिन ब्लक पनि निर्माण गर्ने कम्पनीले जनाएको छ। त्यो काम अहिले नै सुरु भइसकेको छैन। साइड पाएपछि अघि बढाउने निर्माण कम्पनीको भनाइ छ। ‘त्यसैगरी अर्को दुई काम पनि हामीले गर्नुपर्ने हुन्छ। सुन्धाराको इनोभेसन गर्ने काम पनि गर्नेछौं’, उनले भने, ‘पुरानो धरहराको टावर (टक्सार) लाई पनि सिसाले छोप्ने काम हुनेछ।’

यसबाहेक त्यही परिसरमा रहेको सुन्धारालाई जीवित राख्ने गरी र पानी रहने गरी काम गर्ने निर्माण कम्पनीले जनाएको छ। पुरानो धरहराको अवशेष र सुन्धाराको संरक्षण कसरी गर्ने त्यो काम यही क्षेत्रको विज्ञको सुझावको आधारमा गर्ने तयारी समेत भइरहेको श्रेष्ठले जानकारी दिए।

भूकम्पप्रतिरोधी
पुरानो धरहरा भूकम्पप्रतिरोधी नभए पनि अब बन्ने धरहरा भूकम्प प्रतिरोधात्मक हुनेछ। माटो इँट्टाले पहिलो धरहरा बने पनि अहिले आधुनिक प्रविधिबाट बनिरहेको छ।

यसमा सिमेन्ट बालुवा रडहरुको प्रयोग गरिएको छ। अहिले बन्न लागेको धरहरा २२ तल्लाको हो।

dharahara sketch 5

यसमा दुईवटा लिफ्ट पनि समावेश हुनेछन्। जसको कारण बच्चादेखि बूढोसम्मको मान्छे चढ्नसक्ने सुविधा हुनेछ।

यसको स्वरुप भने पहिलेको जस्तै हुनेछ। हरेक दुई तल्लामा कार्डोस्कोटिङ हुनेछ। झ्याल पनि पहिलेजस्तै हुने कम्पनीले जनाएको छ। सानो सानो र गोलो गोलो झ्याल हुने धरहरामा गजुर पनि पहिलेको जस्तै हुनेछ।

सपिङ मलहरु पनि समावेश हुन्छन्?
सपिङ मल पनि बन्छ भन्ने कुरामा चाहि कुनै तुक नभएको श्रेष्ठ बताउँछन्। उनले भने, ‘त्यो कन्सेप्ट नै छैन । त्यसरी काम नै भएको छैन। कुनै काम नै भएको छैन। क्युरियो पसलचाहिँ सानो र सीमित राख्न सकिन्छ कि भन्ने हो। त्यसमा पनि आधिकारिक कुनै निर्णय भएको छैन।’

dharahara sketch 6

बरु संग्रहालयचाहिँ हुने उनले बताए। अहिले बनिरहेको खण्डमा उत्तरतर्फ रहेको टक्सारमा संग्रहालय बनाएर भूकम्पको समय झल्काउने अवधारणा राखिएको छ। त्यसपछि अघिल्लो भागमा चाहिँ अण्डर ग्राण्ड पार्किङ र गार्डेन हुनेछ।

तर पनि मुख्य काम भनेको चाहिँ धरहरा टावर निर्माण नै हो। हरेक १५ दिनमा अरु काम सक्काएर टावरमा ढलानको काम गरिरहेको श्रेष्ठले जानकारी गराए।

तस्बिर/भिडियाे : प्रविन काेइराला

पुस ३, २०७६ बिहिबार १२:३५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .