ad ad

कारोबार


६ अंकले घटेको बजारमा अर्बको सेयर कारोबार

६ अंकले घटेको बजारमा अर्बको सेयर कारोबार

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १५:१२, काठमाडौँ

सेयरबजारमा आज गिरावट आएको छ। 

बजार परिसूचक नेप्से ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा झरेको हो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज घटे पनि कारोबार रकम १ अर्ब पुगेको छ। कुल २७ लाख ४५ हजार कित्ता सेयर बिक्रीबाट उक्त कारोबार भएको हो। 

नेप्सेले ४३ कम्पनीको सेयर बढे पनि १३३ कम्पनीको घटेको र ९ वटाको उही मूल्यमा कारोबार भएको जनाएको छ। 

आज लगानीकर्ताले साढे ४ प्रतिशतसम्म कमाएका छन् भने गुमाउनेले साढे ८ प्रतिशतसम्म गुमाएका छन्। 

आज हिमालयन डिस्टिलरीको ८ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ। यो नै आजको सर्वाधिक कारोबार हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .