मंसिर महिनामा ब्याजदर नबढ्ने निर्णय भएको छ।
वाणिज्य बैंकका सीईओहरुको संगठन नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर पुरानै कायम राख्ने निर्णय गरेको हो।
आज बसेको बैठकले निक्षेपको ब्याजदर नबढाउने निर्णय भएको संघले जनाएको छ।
नेपाल राष्ट्र बैंकले ब्याजदर परिवर्तन हुन्छ भने त्यसको जानकारी महिना सुरु हुनुअगावै दिनुपर्ने बताएको छ। जसअनुसार संघले आज ब्याजदरको विषयमा निर्णय गरेको जनाएको छ।
योभन्दा अघि भदौ मसान्तमा ब्याजदर बढाउने निर्णय भएको थियो। त्यही समयको ब्याजदर अहिलेसम्म कायम छ।
अहिले निक्षेपको अधिकतम ब्याजदर १५ दशमलव ३३ प्रतिशतसम्म रहेको छ। रेमिट्यान्स मुद्दती खातामा उक्त ब्याजदर बैंकहरुले दिइरहेका छन्।
त्यसका अलावा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत ब्याज दिएका छन्। संस्थागततर्फ ९ दशलव १३ प्रतिशत रहेको छ भने साधारण बचत खातामा १० दशमलव ३३ प्रतिशत ब्याज अधिकतम रहेको देखिएको छ।
Shares
प्रतिक्रिया