ad ad

कारोबार


होटल संघले गभर्नरलाई बुझायो ज्ञापनपत्र, ऋण तिर्ने समय बढाइदिन आग्रह

होटल संघले गभर्नरलाई बुझायो ज्ञापनपत्र, ऋण तिर्ने समय बढाइदिन आग्रह

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार १७:१६, काठमाडौँ

होटल संघ नेपाल (हान)ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।  

अध्यक्ष सृजना राणाको नेतृत्वमा गण्डकी प्रदेश संघका अध्यक्ष हरि शर्मा गैरे, पोखरा क्षेत्रीय संघका अध्यक्ष लक्ष्मण सुवेदी, क्षेत्रीय होटल संघ सिद्धार्थनगरका अध्यक्ष सीपी श्रेष्ठ, क्षेत्रीय संघ चितवनका तर्फबाट बलराम सुवेदीका साथै संघका प्रथम उपाध्यक्ष विनायक शाह र महासचिव साजन शाक्यको टोलीले ज्ञापनपत्र बुझाइएको हो। 

ज्ञापनपत्र वाचन गर्दै होटल संघ नेपालका अध्यक्ष सृजना राणाले कोभिड–१९ ले तहसनहस बनाएको होटल तथा पर्यटन उद्योग अहिले केही सहज देखिएता पनि क्षमताको तुलनामा पर्यटकको आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न मुस्किल परेको र दैनिक रुपमा घाटामा सञ्चालनमा रहेको बताइन्। 

सन् २०१९ मा भन्डै १२ लाखको संख्यामा आएका पर्यटक यो वर्ष ६ लाख पु¥याउन प्रयत्न भइरहेको अवस्थामा क्षमताको आधा पनि व्यवसाय संचालन हुन नसकेको जनाउँदै अध्यक्ष राणाले व्यवसायीको आजको सबैभन्दा जटिल समस्या भनेकै अहिले बैंकको बढ्दो ब्याजदर र समयसीमाभित्र सावाँ ब्याज बुझाउने तीव्र ताकेता रहेको र देशैभरका होटल व्यवसायीहरु आन्दोलित भइरहेको हुँदा केन्द्र तथा क्षेत्रीय संघका अध्यक्षसहित यस उद्योगको संरक्षण गर्न गभर्नरसमक्ष आग्रह गरेको बताइन्। 

ज्ञापनपत्रमा लिएको साँवाको किस्ता र त्यसमा वहन गर्नुपर्ने ब्याज तिर्ने व्यवसायीको जिम्मेवारी रहेको हुँदा हुँदै पनि यस परिस्थितिमा कुनै पनि हालतमा बैंकलाई साँवा ब्याज बुझाउन सक्षम नरहेको हुँदा साँवा व्याज बुझाउने समयसीमा बढाई कम्तीमा पनि २ वर्षका लागि पुनर्तालिकीकरण र पुनकर्जाको सुविधा समेत उपलब्ध गरिनुपर्ने माग गरिएको छ। 

कोभिडको समयमा मौद्रिक नीतिबाट अवलम्बन गरिएको केही सेवा सुविधा कोभिड लगायतका प्रकोपहरु जारी रहेकोले हालको समयमा पनि निरन्तारता दिइनुपर्ने र बैंकहरुबाट लागू गरिएको हालको बढ्दो ब्याजदर होटल जस्तो अत्यन्त संवेदनशील उद्योगमा धान्नै नसकिने गरी अधिक भएकोले एकल अंकमा झारी लगानी प्रोत्साहन गरिनुपर्ने संघको माग छ। 

धान्नै नसक्ने गरी अधिक ब्याज बढ्ने समाचारले समग्र व्यवसायी त्रसित भई आन्दोलित हुने अवस्थामा पुगेको गुनासो समेत गभर्नरसमक्ष प्रस्तुत गरिएको छ । 

उक्त अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नरबाट व्यवसायीलाई त्रसित नहुन र यस बारेमा सकारात्मकता प्रस्तुत भएको संघले जनाएको छ। साथै मौद्रिक नीतिको पुनरवलोकन तथा नीतिगत व्यवस्थापनमार्फत उचित मागहरुको सम्बोधन गर्दै सहयोगी भूमिका रहने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .