भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ।
इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई आज पठाएको मूल्यसूची अनुसार अधिकांश वस्तुमा मूल्य बढेको हो।
निगमका अनुसार डिजेल पेट्रोल हवाइ इन्धन र मट्टितेलको मूल्य बढेर आएको छ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६१ पैसा, डिजेल प्रतिलिटर ५ रुपैयाँ ७६ पैसा, मट्टीतेल ४ रुपैयाँ ०१ पैसा, हवाइ इन्धन ४ रुपैयाँ ७७ पैसा बढेर आएको हो। र, एलपी ग्यासको मूल्य भने केही घटेर आएको निगमले जानकारी दिएको छ।
घटेर आए पनि प्रतिसिलिण्डर २ सय २८ रुपैयाँ ८४ पैसा अझै घाटा रहेको निगमको भनाई छ। त्यस्तै डिजेलमा समेत प्रतिलिटर १२ रुपैयाँ १४ पैसा घाटा रहेको निगमले जनाएको छ।
निगम अहिले समग्रमा २९ अर्ब ११ करोड ऋणमा रहेको बताएको छ।
66
Shares
प्रतिक्रिया