ad ad

कारोबार


होटल व्यवसायीको माग : बैंकको किस्ता र ब्याज तिर्ने समय थपिदेऊ

होटल व्यवसायीको माग : बैंकको किस्ता र ब्याज तिर्ने समय थपिदेऊ

नेपालखबर
असोज ३१, २०७९ सोमबार १२:३२, काठमाडौँ

होटल व्यवसायीहरुले होटल तथा पर्यटन उद्योगलाई सञ्चालन खर्च नै धान्न मुस्किल परिरहेको बताएका छन्। 

कोभिडपछि केही सहज देखिए पनि पर्यटकीय आवागमन र गतिविधि कम हुँदा खर्च धान्न गाह्रो भएकाले बैंकको किस्ता र ब्याज तिर्ने समय थपिदिन व्यवसायीहरुले माग गरेका हुन्। 

‘आजको सबैभन्दा जटिल समस्या भनेकै अहिले हामीलाई बैंकको बढ्दो व्याजदर र समयसीमाभित्र साँवा व्याज बुझाउने तीव्र ताकेता नै हो’, होटल संघ नेपालले भनेको छ, ‘अहिलेको परिस्थितिमा हामीले लिएको साँवाको किस्ता र त्यसमा वहन गर्नुपर्ने व्याज  तिर्ने हाम्रो जिम्मेवारी रहेको हुँदाहुँदै पनि यस परिस्थितिमा कुनै पनि हालतमा बैंकलाई साँवा व्याज बुझाउन सक्षम छैनौँ।’ 

सोही कारण हानले सावाँ ब्याज बुझाउने समयसीमा बढाई कम्तीमा पनि २ वर्षका लागि पुनर्तालिकीकरण र पुनर्कर्जाको सुविधा समेत उपलब्ध गरिदिन माग गरेको जनाएको छ। 

हानले कोभिडको समयमा मौद्रिक नीतिबाट अवलम्बन गरिएको केही सेवा सुविधा कोभिड लगायतका प्रकोपहरु जारी रहेकोले हालको समयमा पनि निरन्तारता दिइनुपर्ने र बैंकहरुबाट लागू गरिएको हालको बढ्दो ब्याजदर होटल जस्तो अत्यन्त संवेदनशील उद्योगमा धान्नै नसकिने गरी अधिक भएकोले एकल अंकमा झारी लगानी प्रोत्साहन गरिनुपर्ने जनाएको छ। 

पोखरा तथा सिद्धार्थनगरका होटल व्यवसायीहरुले सार्वजनिक रुपमा नै असोज मसान्तसम्ममा बैंकको सावाँ ब्याज तिर्न अक्षम रहेको घोषणा गरिसकेको र यसै किसिमको अवस्था देशका अन्य भागमा रहेको होटल व्यवसायीहरुले पनि भोग्नुपरेकोले राज्यले यी कुरा सम्बोधन गर्नुपर्ने हानको माग छ। 

माग सम्बोधन नभए होटल उद्योगहरु बैंकको सावाँ र ब्याज बुझाउन नसकेर क्रमिक रुपमा बन्द गरिनुपर्ने बाध्यता आएको हानले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .