ad ad

कारोबार


कांग्रेसको समानुपातिक सूचीबाट हट्यो यी व्यवसायीको नाम

कुन व्यवसायी कुन पार्टीबाट उम्मेदवार?
कांग्रेसको समानुपातिक सूचीबाट हट्यो यी व्यवसायीको नाम

नेपालखबर
असोज २३, २०७९ आइतबार १३:२, काठमाडौँ

कांग्रेसको समानुपातिक सूची संशोधन हुँदा खुमाप्रसाद अर्यालसहित व्यवसायीको नाम हटेको छ।
   
असोज ३ गते निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा रहेका अर्यालसहित नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेश कुमार कनोडिया पनि हटेका हुन्। 

नेपाली कांग्रेसभित्र आन्तरिक विवादपछि समानुपातिक बन्दसूची हेरफेर भएको थियो। 
  

गण्डकी मेडिकल कलेजका सञ्चालकसमेत रहेका अर्याल स्वास्थ्य, शिक्षा, कृषि, हाइड्रोलगायत क्षेत्रमा लगानी गरेका छन्। 

त्यस्तै रोमी गौचन थकालीको नाम पनि हटेको छ। उनी होटल व्यवसायी हुन्। रामचन्द्र पौडेलनिकट मानिने गौचन मुस्ताङको जिल्ला सभापति समेत हुन्। उनी पूर्ववाणिज्यमन्त्री समेत हुन्। उनी २०७० सालका संविधानसभा सदस्य पनि हुन्। 

त्यस्तै समानुपातिक सूचीमा परेका वीरगन्जका व्यापारी अनिल रुंगटा उत्पादन तथा बिक्रीवितरण गर्दै आएका छन्। 

कांग्रेसले अहिले समानुपातिक सांसद रहेकालाई फेरि नराख्ने मापदण्ड बनाएसँगै चर्चित व्यवसायी बन्द सूचीमा परेका छैनन्।

हाल कांग्रेसबाट विनोद चौधरी, उमेश श्रेष्ठ, जिपछिरिङ लामा र बहादुर सिंह लामालगायतका व्यापारी ठेकेदार सांसद बनेका थिए। 

कुन व्यवसायी कुन पार्टीबाट उम्मेदवार? 
कांग्रेसबाट नुवाकोटका निर्माण व्यवसायी जगत बहादुर तामाङ उम्मेदवार बनेका छन्। अनिल कुमार रुङ्गाटा मधेशीको कोटामा २ नम्बरमा रहेका छन्।

नेकपा एमालेको तर्फबाट देवी प्रकाश भट्टचनले समानुपातिक उम्मेदवार बनेका छन्। प्रभु ग्रुपका अध्यक्ष भट्टचन आदिवासी जनजातिको तर्फबाट १ नम्बरमा परेका हुन्। 

१४औँ महाधिवेशनअघि २०७८ साउन १५ गते नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले भट्टचनलाई संगठन विभागको उपप्रमुखमा मनोनयन गरेका थिए। 

ललितपुर स्थायी ठेगाना भएका उनी बैंक, इन्स्योरेन्स, रेमिटेन्स, कार्गो लगायतमा लगानी छ। 

योजना आयोगका पूर्वउपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठले नेकपा माओवादी केन्द्रबाट समानुपातिक उम्मेदवार बनेका छन्। आदिवासी जनजातिको कोटामा तेस्रो नम्बरमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .