ad ad

कारोबार


२० करोडको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक, वार्षिक १० प्रतिशत ब्याज

२० करोडको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्दै राष्ट्र बैंक, वार्षिक १० प्रतिशत ब्याज

नेपालखबर
मंसिर २९, २०७६ आइतबार ८:७,

नेपाल राष्ट्र बैंकले २० करोडको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्ने भएको छ। आगामी पुस १ गतेदेखि पुस २१ सम्म बिक्री खुल्ला हुने गरी राष्ट्र बैंकले बचतपत्र निष्काशन गर्नलागेको हो।

बचतपत्रको नाम वैदेशिक रोजगार बचतपत्र २०८१ राखिएको छ। पाँच वर्ष अवधिको बचतपत्रमा १० प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ। तर यसमा ब्याजकर लाग्नेछ। राष्ट्र बैंकका अनुसार ६÷६ महिनामा ब्याज भुक्तानी गरिनेछ।

कसले किन्न पाउँछन्?
बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली तथा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्यको नाममा खरिद गर्न सक्नेछन्।

त्यस्तै घटीमा पाँच हजार र बढीमा पाँच हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद गर्न पाउने सीमा तोकिएको छ। यसको फाइदास्वरुप बचतपत्र धितो राखी बैंक वा वित्तीय संस्थाबाट कर्जा लेनदेन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

पुस १ देखि २१ गतेसम्म बिक्री खुल्ला हुने बचतपत्रको निष्काशन पुस २७ गते हुनेछ भने २०८१ पुस २७ मा सावाँ भुक्तानी हुनेछ। त्यस्तै ६÷६ महिनामा भुक्तानी हुने ब्याज बचतपत्र खरिदकर्ताले इच्छाएको व्यक्तिमार्फत भुक्तानी लिन सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .