ad ad

कारोबार


होनर एक्स६ नेपालमा सार्वजनिक

होनर एक्स६ नेपालमा सार्वजनिक

नेपालखबर
असोज १३, २०७९ बिहिबार १३:५७, काठमाडौँ

होनर ब्रान्डेड उत्पादनहरूको लागि आधिकारिक राष्ट्रिय वितरक सेलट्रोन नेपाल प्रालिले होनर एक्स६ नेपालमा सार्वजनिक गरेको छ ।

सेलट्रोन नेपालद्वारा लन्च गरिएको होनर एक्स सिरिजहरु एक्स७, एक्स८, एक्स९ र होनर ५० लाइट भने पहिले नै बजारमा उपलब्ध रहेको बताइएको छ । अब होनर एक्स६ नेपालमा पाइनेछ ।

विशेष छ स्मार्ट फिचर्स भएको होनर एक्स६ लाई किफायती मूल्यमा उत्कृष्ट एन्ट्री लेभल स्मार्टफोनमध्ये एक मानिन्छ । यसका साथै सेलट्रोन नेपालले यसलाई थप आकर्षक र सस्तो बनाउन विभिन्न प्रवद्र्धनात्मक योजनाहरू ल्याएको छ । तीमध्ये एउटा स्किम थ्री बण्डलिङ अफर छ । यो अफरअनुसार ग्राहकले तीनमध्ये एउटा अफर छनोट गरी सस्तो मूल्यमा कम्बो उत्पादनहरू प्राप्त गर्न सक्नेछन् ।

यस्तै दोस्रो प्रमोशनल अफर होनरेबल स्क्यान एण्ड विन क्याम्पेन हो, जसमा पहिलो बिक्रीको दिनका प्रारम्भिक खरिदकर्ताहरूले भाग लिन सक्नेछन् ।

यसअन्तर्गत खरिदकर्ताहरूले क्यूआर कोड स्क्यान गरेर फारम भर्नुपर्नेछ । यसमा चयन गरिएका १० भाग्यशाली विजेताहरूले होनर एयरबड्स एक्सथ्री लाइट पाउनेछन् ।  कम्पनीका अनुसार होनर एक्स६ मा पाँच हजार मेगाहर्जको ब्याट्री छ ।

यसले एक दिनमा एक पटकको चार्जमा १७ घण्टा अनलाइन भिडियो स्ट्रिमिङ, १८ घण्टा सामाजिक मिडिया ब्राउजिङ, वा ३१ घण्टा संगीत प्लेब्याक प्रदान गर्दछ । साथै फोनको प्रयोगलाई सजिलो र सुरक्षित बनाउन यसमा साइड माउन्टेड फिंगरप्रिन्टको सुविधा छ ।

फोन टेबुलमा फ्ल्याट राखिएको भए पनि प्रयोगकर्तालाई प्रयोग गर्न यो सजिलो हुनेछ । साथै यसमा ५० एमपी मेन क्यामरा, दुई एमपी माइक्रो क्यामेरा र दुई एमपी डेप्थ क्यामेरा रहेको रियर त्रिपल क्यामेरा प्रणाली छ । यो फोन तीनवटा सुन्दर रंगहरूमा उपलब्ध रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .