ad ad

कारोबार


सामसङले ल्यायो ग्यालेक्सी ए०४एस, मूल्य २१ हजार ९९९ रुपैयाँ

सामसङले ल्यायो ग्यालेक्सी ए०४एस, मूल्य २१ हजार ९९९ रुपैयाँ

नेपालखबर
असोज ५, २०७९ बुधबार १४:३५, काठमाडौँ

सामसङले ग्यालेक्सी ए०४एस सार्वजनिक गरेको छ। 

कम्पनीले अझै नयाँ सुविधा र विशेषताको साथ नयाँ स्मार्टफोन ल्याएको जनाएको छ।

यसमा ट्रिपल रियर क्यामरा जडान गरिएको छ। एउटा ५० एमपी मेन क्यामरा, २ एमपीको रिफाइन्ड म्याक्रो क्यामरा र २ एमपी को डेप्थ क्यामरा रहेको कम्पनीले जनाएको छ।

५ एमपी सेल्फी क्यामरा रहेको फोनमा ९० हर्ज रिफ्रेस रेट तथा ६.५ एचडी र अमोलेड डिस्प्ले रहेको छ। एकचोटिको चार्जमा पूरा २ दिनसम्म टिक्ने ५००० एमएएच ब्याट्री फोनमा रहेको छ। 

ए०४एस कालो कपर र हरियो गरी तीन आकर्षक रंगहरूमा उपलब्ध छ। यसमा १२८ जीबी रोमसहित ४ जीबी र्याम भएको मोबाइलको मूल्य २१ हजार ९९९ तथा ६४ जीबी रोमसँग ४ जीबी र्यामयुक्त फोनको मूल्य १९ हजार ९९९ रुपैयाँ छ।

ए०४एसले ए शृंखलाको हरेक मूल्यदरमा गुणस्तरीय स्मार्टफोन उपलब्ध गराउन र आफ्नो युजरको लागि चाहिने सबै आवश्यक सुविधा र विशेषता सबैको पहुंचमा हुने मूल्यमा दिएर यो क्भचष्भक को प्रवृघिलाई कायम राख्न सक्षम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .