ad ad

कारोबार


सेगवे नेपालको ‘यो दशैँ तिहार सेगवे को साथ उपहार ७’ अफर सार्वजनिक

सेगवे नेपालको ‘यो दशैँ तिहार सेगवे को साथ उपहार ७’ अफर सार्वजनिक

नेपालखबर
असोज २, २०७९ आइतबार १६:५१, काठमाडौँ

नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आईहव प्रालिले आगामी दशैं, तिहार र छठको अवसरमा ग्राहकहरुलाई आकर्षक छुट र पुरस्कारहरु उपलब्ध गराएको छ । 

यो अफर नेपालका सबै सेगवे ई–स्कुटरका लागि मान्य हुनेछ । ‘यो दशै तिहार सेगवेको साथ उपहार ७’ अफर नेपालमा सेगवेको दुईपाङ्ग्रे सवारी साधनको आक्रमक बजार रणनीति र विस्तारको निरन्तरता हो। सेगवेले नेपाली ग्राहकका लागि विविधता र गुणस्तर दुवै सुनिश्चित गरी उत्पादन उपलब्ध गराउने योजना बनाएको छ ।

कम्पनीका अनुसार अफरमा ग्राहकहरुले कुनै पनि सेगवेको उत्पादन खरिद गर्दा  १० हजार नगद छुट अमेजफिट ब्यान्ड ५ वा अमेजफिट नियो ब्यान्ड  जस्ता निश्चित पुरस्कारहरू जित्न सक्नेछन्। साथमा निःशुल्क बीमा र सडक कर पनि हुनेछ । साथै, ग्राहकहरूले लक्की ड्र मार्फत विभिन्न पुरस्कारहरू जित्ने अवसरहरू पनि प्राप्त गर्नेछन् ।

लक्की ड्र मार्फत २ जनाले किक स्कुटर (एफ४०), २ जनाले स्मार्ट फोन (मेइझु एम१७) र ५ जनाले अमेजफिट जीटीएस २ स्मार्ट घडी जित्नेछन साथै एक्सचेन्ज सुविधा, निःशुल्क एएमसी र ईएमआईको सुविधा पनि रहेको कम्पनीले जनाएको छ।

सेगवेले मोपेड होस या वा रोबोट आफ्ना सम्पूर्ण उत्पादनहरूमा उत्कृष्टता निश्चित गरेको छ । यो ब्रान्ड एक ट्रेन्डसेटर भएको छ र यसका सबै उत्पादनहरू विश्वव्यापी स्तरमा प्रयोग भईरहेका छन् । यसका उत्पादनहरु मितव्ययी हुनुका साथै ठूलो बजारलाई आकर्षित गरिरहेको छ।

नयाँ सार्वजनिक र रोमाञ्चक उत्पादनहरूका साथ सेगवेले साझा मोबिलिटी क्रान्ति र नवीन समाधानहरूको साथ नेपालको सवारीसाधन बजारमा थप विस्तार गर्ने आफ्नो महत्वाकांक्षालाई पुनः बलियो बनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .