सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आइसिटी अवार्ड’को सातौं सँस्करणका लागि ट्रेनिङ पार्टनरको रुपमा ब्रोडवे इन्फोसिस रहने भएको छ।
मंगलवार ब्रोडवे इन्फोसिस सीईओ राजु अधिकारी र आईसीटी अवार्डका संयोजक राजन लम्सालबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। आईसीटी अवार्ड २०२२ को ‘ट्रेनिंङ पार्टनरको’को रुपमा ब्रोडवेले अवार्डमा सहभागी विद्यार्थीको लागि डिजिटल स्किल डेभलपमेन्टको लागि पनि सहयोग गर्नेछ।
ब्रोडवे इन्फोसिस अग्रणी आइटी ट्रेनिंङ कम्पनी हो, जसले सन् २००८ देखि प्रोफेसनल कोर्सहरु मार्फत १० हजार बढी विद्यार्थीलाई स्किल विकास गर्दै सर्टिफाईड र जब प्लेसमेन्टमा काम गरिसकेको जनाएको छ। कम्पनी आईएसओ ९००१:२०१५ बाट सर्टिफाइड भएर बजारमा अग्रणी ट्रेनिंङ कम्पनीको रुपमा काम गरिरहेको छ।
कम्पनीले विदेशमा रहेका विद्यार्थी तथा प्रोफेसनलको लागि पनि अनलाइन तालिमहरु प्रदान गरिरहेको जनाएको छ। ब्रोडवेमा ७० बढी दक्ष प्रोफेसनल मार्फत अफलाइन तथा अनलाइनमा १०० बढी कोर्षहरु संचालन गरिरहेको छ। कम्पनीले विद्यार्थीसँगै सरकारी तथा निजी कर्मचारीहरुको लागि विभिन्न तालिमहरु संचालन गर्दै आएको छ।
सन् २०१६ बाट सुरु भएको ‘आईसीटी अवार्ड’को सातौं संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रकृया सुरु भएको छ। यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको लागि ‘साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२२’ पनि आयोजना हुँदैछ।
लिभिङ विथ आइसिटीको मुख्य आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुने आईसीटी अवार्डको छनौट प्रकृयामा १३ जना विज्ञ जुरी सदस्य र १५ जना विशिस्ट सल्लाहकारहरु रहेका छन्।
यस वर्ष साउथ एसिया वाहेक अन्य ११ विधामा ४०० बढिको नोमिनेसन प्राप्त भएको छ भने साउथ एसिया अवार्डको लागि सेक्टेम्बर ३० तारिखसम्म नोमिनेसन खुल्ला रहेको छ।
आईसीटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ (२३ डिसेम्बर, २०२२) का दिन द सोल्टी काठमाडौंमा आयोजना हुनेछ।
यसैगरी प्रि इभेन्ट क्याम्पियनको रुपमा कार्तिक तेस्रो साता देशैभरिका १०० भन्दा बढी डिजिटल स्टार्टअपहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुनेछ।
Shares
प्रतिक्रिया