आज सेयरबजारमा १ अर्ब १ करोड रुपैयाँको सेयर कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार २२६ कम्पनीको २९ लाख कित्ता सेयर खरिदबिक्री भएको हो।
बजार परिसूचक नेप्से आज २.१९ अंकले बढेको छ। योसँगै १९९५.२१ विन्दुमा कायम छ। आज व्यापार, उत्पादन, अन्य, माइक्रोफाइनान्स, सामूहिक लगानी कोष र लगानी समूहको सूचक हरियो छ। बाँकी सूचक राताम्य छन्।
बजारमा आज ७४ कम्पनीको सेयर बढेको छ भने १०५ कम्पनीको घटेको छ। सातवटाको उही छ। आज अपरहेवा खोलका लगानीकर्ताले ८.४५ प्रतिशत कमाएका छन्। नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ।
54
Shares
प्रतिक्रिया