ad ad

कारोबार


रुसले विदेशी दातासँग लिएको ऋणको ब्याज तिर्न सकेन

रुसले विदेशी दातासँग लिएको ऋणको ब्याज तिर्न सकेन

नेपालखबर
असार १३, २०७९ सोमबार १८:९, काठमाडौँ

सन् १९९८ यता पहिलोपटक रुस समयमै आफूले विदेशी ऋणदातासँग लिएको रकमको ब्याज तिर्न असफल भएको छ। 

त्यसो त उसले पैसा नभएर तिर्न नसकेको भने होइन। बीबीसीका अनुसार ऋणको ब्याज रकम १० करोड अमेरिकी डलर आइतबारसम्म तिर्नुपर्ने अवस्था भए पनि पश्चिमा राष्ट्रको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय ऋणदातालाई ब्याज तिर्न रुस असफल भएको हो। 

क्रेमलिनले समयमै पैसा तिर्न भरमग्दुर प्रयास गरेको थियो। तर युक्रेनमाथि गरिरहेको सैन्य आक्रमणको प्रतिक्रियामा पश्चिमा राष्ट्रहरुले प्रतिबन्ध लगाएका कारण उक्त ब्याज तिर्न नसकेको हो। समयमै ऋणको ब्याज तिर्न नसक्नुलाई देशको प्रतिष्ठासँग समेत जोडेर हेरिन्छ। 

१० करोड ब्याजको भुक्तानी रुसले २७ मेमै तिर्नुपर्ने थियो। त्यही रकम तिर्न उसले ब्याज रकम ऋणदातालाई वितरण गर्ने युरोक्लियरमा पैसा पनि पठाएको थियो। तर उसले पठाएको पैसा त्यहीँ अड्किएको छ। सोही कारण ऋणदाताहरुले ब्याज पाउन सकेनन्। रुसले पठाएको पैसा ३० दिनभित्र आउनुपर्ने थियो। त्यो भनेको आइतबार साँझसम्म थियो। त्यो म्याद गुज्रेसँगै रुस ब्याज तिर्न चुकेको हो। यसलाई अंग्रेजीमा ‘डिफल्ट’ भनिन्छ। 

युरोक्लियरले भने रुसी रकम रोकिएकोबारे केही बताएको छैन। तर ब्लुम्बर्गले भने रकम रोकिएको उल्लेख गरेको छ। रुसले भने ब्याज तिर्न नसकेको विषयबारे खण्डन गरेको छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कभले सबै ब्याज मे महिनामै भुक्तानी गरिसकेको बताए। उनले युरोक्लियरले आफ्नो भुक्तानी रोकेकोले यसमा रुसको कुनै दोष नरहेको बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .