गोदरेज अप्लाएन्सेसले चाडपर्वको अवसरमा ग्राहकहरुमाझ ल्याएको ‘फ्रि कपल ट्रिप टु बाली’ योजनाको लक्की–ड्र गोदरेजको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी टंगालस्थित शोरुममा सम्पन्न गरिएको छ।
उक्त याेजना गत भदौ २० गतेदेखि कात्तिक ३० गतेसम्म लागू गरिएको थियाे।
योजनामा गोदरेज ब्राण्डको प्रत्येक उत्पादनहरु (रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभन)को खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहक महानुभावहरुले लक्की–ड्रमार्फत बाली भ्रमण राखिएको थियो।
फेसबुकबाट लाइभ गरिएको लक्की–ड्रमा मुस्ताङ चोक, पोखराकी मुना थापा र हेम्जाका प्रदीप थापा गरी २ भाग्यशाली जोडीहरुले बाली, इन्डोनेसिया जाने अवसर प्राप्त गरेका छन्।
प्रतिक्रिया