ad ad

कारोबार


संख्या घटाउन वाणिज्य बैंकहरुबाटै प्रतिवद्धता

संख्या घटाउन वाणिज्य बैंकहरुबाटै प्रतिवद्धता

नेपालखबर
मंसिर ८, २०७६ आइतबार १४:३,

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आउनु अगाडि बैंकहरुलाई मर्जमा जानको लागि आग्रह गरेको थियो। राष्ट्र बैंकले गरेको आग्रह अनुसार कतिपय बैंकहरु नै लिखित प्रतिवद्धता लिएर राष्ट्र बैंक पुगेका छन्।

जनता बैंक र ग्लोबल आइएमई बैंकले त मर्ज गर्ने सहमति नै गरेका थिए। उक्त सहमति अनुसार दुई बैंकहरु बीच मर्जर प्रक्रिया समेत अघि बढिसकेको र एकिकृत कारोबार गर्ने अन्तिम तयारी समेत भैसकको छ। यी दुई बैंक समेत हाल २२ वटा वाणिज्य बैंकहरुले राष्ट्र बैंकमा आफ्नो प्रतिवद्धता पेश गरेको नेपाल राष्ट्र बैंकले जानकारी गराएको छ।

नेपाल राष्ट्र बैंकका लक्ष्मी प्रपन्न निरौलाका अनुसार हाल २२ वटा बैंकले प्रतिवद्धता पत्र पेश गरेका छन्। २८ वटा बैंकमध्ये सरकारी लगानी स्वामित्वमा रहेको कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वणिज्य बैंक र नविल बैंक, एभरेष्ट बैंक, प्राइम कमर्सियल बैंकले भने प्रतिवद्धता जनाएका छैनन्। उनीहरुले पनि प्रतिवद्धता जनाउनेमा राष्ट्र बैंक आशावादी रहेको निरौला बताउँछन्।

उनका अनुसार बैंकहरुलाई मर्जमा जान बाध्य नपारिने भए पनि हाल मर्जको आवश्यकता देखिएकोले त्यसमा सहमत गराउन चाहिँ यो प्रतिवद्धता आवश्यक परको हो।

किन आवश्यक छ मर्ज?

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक मात्रै नभई विकास बैंकहरुलाई पनि मर्जमा जान आग्रह गरेको छ। नेपालमा बैंकिङ पहुँचको लागि संख्या पनि आवश्यक देखिएकोले बैंकहरुको संस्ख्या पनि विकास भयो तर अहिले नेपाल बैंकिङ पहुँच देखि आर्थिक विकासमा पनि केन्द्रित छ। तयसको लागि बैंकको क्षमता पनि वृद्धि हुन आवश्यक छ।

त्यसकारणले बैंकको मर्ज हुन आवश्यक देखिएको कार्यकारी निर्देशक निरौला बताउँछन्। उनका अनुसार नेपाल राष्ट्र बैंकले २ अर्ब चुक्ता पुँजिको बैंकको लाई अहिले ८ अर्बको बनाएको छ। तयसका साथै अव पनि चुक्ता पुँजि अर्था बैंकको हरेक खालको क्षमता बढाउनको लागि बैंकहरु एक आपसमा गाभिन पर्ने राष्ट्र बैंकको तर्क छ।

मर्जमा जाँदा पर्ने अप्ठ्यारो

बैंकहरु मर्जमा जाँदा सुरुमा हुने समस्या सेयर मुल्याङ्कन तथा कर्मचारी व्यवस्थापनको हो। तर त्यसलाई व्यवस्थापन गर्ने गरी मर्ज हुन राष्ट्र बैंकले आग्रह गरेको निरौला बताउँछन्।

उनी भन्छन्, कुनै समय सिमा नतोकी मर्जमा जान आग्रह गरिएको हो। बैंकहरुले आफ्नो सहकार्य हुन सक्ने पार्टनर खोजेर मर्जको प्रक्रिया अघि बढाउन सक्ने उनी बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .