चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमणको क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएका छन्।
उनले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ ऋण सहयोगमा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण गर्ने भएका हुन्।
‘९३ प्रतिशत भौतिक काम सकिएको विमानस्थललाई प्रतिकात्मक रुपले नेपाल सरकारलाई बुझाउने कार्यक्रम तय भएको छ’,पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनाका उपप्रबन्धक तथा इञ्जिनियर कृष्ण पौडेलले भने,‘ शनिबार साँझ ६ बजे विमानस्थल निर्माणस्थलमै आएर पर्यटनमन्त्री प्रेम आलेज्यूले निर्माण पक्षलाई धन्यवाद ज्ञापनसहित मायाको चिनो दिने र उता प्रधानमन्त्रीज्यूलाई चिनियाँ विदेशमन्त्रीज्यूले प्रतिकात्मक चाबी हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ।’
चालु अंग्रेजी वर्षको जुलाइ १० मा विमानस्थलको लागि तोकिएको समयावधि सकिँदैछ। पोखरा विमानस्थल चीनको एक्जिम बैंकको ऋण सहयोगमा त्यहाँको सिसीएमी कम्पनीले निर्माण गरिरहेको छ।
Shares
प्रतिक्रिया