एक महिला अस्ट्रेलियाकै धेरै तलब खाने पहिलो प्रमुख कार्यकारी बनेकी छिन्। यो अस्ट्रेलियाकै इतिहासमा पहिलोपटक हो।
ती महिला हुन् म्याक्क्वेरी ग्रुपकी प्रमुख कार्यकारी शेमारा विक्रमानायके। गत आर्थिक वर्षमा उनले १ करोड ८० लाख डलर आर्जन गरेकी हुन्। उनीपछि धेरै तलब खाने सीईओकोभन्दा शेमाराको तलब ५० लाख डलर बढी रहेको डेली मेलले जनाएको छ।
श्रीलंकाली आप्रवासीकी छोरी ५७ वर्षीया शेमारा ओपन डिरेक्टर्सको वार्षिक सीईओ पे रिपोर्टमा अटाएका चार महिला सीईओमध्ये एक हुन्। उनी व्यवसाय कानुनकी अधिवक्ता थिइन्। उनको आधार तलब ७ लाख २२ हजार डलर भए पनि तलबी प्याकेजसँगै बोनस रकम र सेयर लगायतका अन्य सुविधाका कारण तलबमान उच्च भएको बताइएको छ। शेमाराले हप्तामै ३ लाख ४६ हजार डलरभन्दा बढी कमाउँछिन्। जुन रकम भनेको औसत अस्ट्रेलियाली पूर्णकालीन श्रमिको ८५ हजार डलर तलबको तुलनामा २ सय ११ गुणा ठूलो हो। उनले लगानी बैंक र वित्तीय सेवा समूहको नेतृत्व गरेकी छिन्।
उनी गत वर्ष मात्रै म्याकक्वेरी समूहको पहिलो म्यानेजिङ डिरेक्टर बनेकी थिइन्। विश्वभर उनले नौवटा सहरमा कम्पनीका लागि काम गरिसकेकी छिन्। सन् १९८७ बाट काममा प्रवेश गरेकी शेमारा सन् २०१९ मा आइपुग्दा फच्र्युनको शक्तिशाली महिलाहरुको सूचीमा समावेश भइन्। जलवायु परिवर्तनसम्बन्धी उनको कार्य र विश्व बैंकको ग्लोबल कमिसन अन अड्याप्टेसनमा भूमिका समेत निर्वाह गरेका कारण उनी शक्तिशाली महिलाको सूचीमा समावेश भएकी थिइन्।
उनी धेरै पैसा कमाउने सीईओ बन्दा क्वान्टासका सीईओ एलन जोयस भने १८औँ नम्बरमा खुम्चिएका छन्। उनको तलब ६६ लाख डलर रहेको छ। यसमा आधार तलब र अन्य कार्यको बोनस तलब समावेश छ। तर उनको सेयर अप्सनहरु समावेश हुँदा कुल तलब २ करोड ३८ लाख ७६ हजार ३ सय ५१ डलर पुग्ने अस्ट्रेलियन काउन्सिल अफ सुपरएन्युएसन इन्भेस्टर्सको छुट्टै रिपोर्टले जनाएको छ। सेप्टेम्बरमा उक्त रिपोर्टले सबैभन्दा धनी सीईओका रुपमा उनलाई चिनाएको थियो।
एलन विक्रमानायकेभन्दा अघिको सीईओ निकोलास मुरेभन्दा अगाडि थिए। मुरेले २ करोड ३८ लाख ५५ हजार ५ सय ८० डलर कमाएका थिए।
यसबाहेक अन्य महिलाहरु पनि उच्च ५० सूचीमा समावेश भएको जनाइएको छ। जसमा कोकाकोला अमातिल सीईओ एलिसन वाट्किन्स (४१ लाख डलर), मिर्वेक ग्रुपकी सुसन लियोड हर्विट्ज (४८ लाख डलर) र फोर्टेस्क्यु मेटल्सकी बोस एलिजावेथ गेन्स (५० लाख डलर) रहेका छन्।
तलबी वरीयतामा पाँचवटा मात्रै सीईओले अस्ट्रेलियामा १ करोड डलर कमाइ गरेका छन्।
सम्पत्ति कम्पनी गुडम्यानका सीईओ ग्रेगरी गुडम्यानले १ करोड २८ लाख डलर कमाउँदै दोस्रो हुँदा तेस्रोमा बायोटेक कम्पनी सीएसएलको सीईओ पल पेरल्टले १ करोड १७ लाख डलर कमाएका छन्। त्यस्तै चौँथो स्थानमा ट्रेजरी वाइन इस्टेट सीईओ माइकेल क्लार्कले १ करोड १४ लाख डलर र पाँचौँ स्थानमा बीएचपीका एन्ड्रु म्याकेन्जीले १ करोड ५ लाख डलर आर्जन गरेका छन्। डेलीमेलबाट अनुवाद
प्रतिक्रिया