ad ad

कारोबार


हुवावेद्वारा २० करोड मोबाइल फोन आपूर्ति, सिंगापुरमा पहिलो ‘एप्याक डेभलपर डे’

हुवावेद्वारा २० करोड मोबाइल फोन आपूर्ति, सिंगापुरमा पहिलो ‘एप्याक डेभलपर डे’

नेपालखबर
मंसिर २, २०७६ सोमबार १०:३४,

हुवावे मोबाइल सर्भिसेस (एचएमएस)ले सिंगापुरमा पहिलो ‘एप्याक डेभलपर डे’ आयोजना गरेको छ। डिभेलपर डेमा कम्पनीको एसिया प्रशान्त क्षेत्रका १ सय ५० भन्दा बढी साझेदारहरूको सहभागिता थियो। सो कार्यक्रममा हुवावेले एउटा खुला इकोसिस्टम निर्माण गर्ने आफ्नो योजनाबारे जानकारी गराएको छ।

हुवावेले खुला इकोसिस्टमअन्तर्गत अल सियानोरियो, नवीनतम प्रविधिहरू जस्तै ह्वावे मोबाइल सर्भिसेस ओपन केपेबिलिटिज, ह्वावे डिभाइसेस, फाइभ जी नेटवर्कहरू तथा एआई–पावर्ड एपहरूले सपोर्ट गर्ने सिमलेस डिजिटल लिभिङको निर्माण गर्ने लक्ष्य रहेको छ ।

हुवावे कन्ज्युमर बिजनेस ग्रुपको उपस्थिति विश्वव्यापी बजारमा बलियो हुँदै गइरहेको छ। हुवावे विश्वकै सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन आपूर्तिकर्ता हो। हुवावेले सन् २०१९ को जनवरीदेखि अक्टोबरसम्म २०० मिलियनभन्दा बढी मोबाइलफोनहरू आपूर्ति गरेको छ।

अघिल्लो वर्षको तुलनामा हुवावेका अन्य उत्पादनहरूको पनि आपूर्तिमा निरन्तर वृद्धि आएको छ। कम्पनीको कम्प्युटरमा २१४ प्रतिशतले, स्मार्ट अडियोमा ३३ प्रतिशत र वेयरेबल उत्पादनहरूतर्फ २७२ प्रतिशतले वृद्धि भएको हो।

‘हाम्रो लागि अब हुवावे इकोसिस्टम सार्वजनिक गर्ने समय आइसकेको छ किनकि यस क्षेत्रमा ३० वर्षभन्दा बढी समय बिताइसकेपछि हामी एउटा परिपक्व चरणमा पुगिसकेका छौँ। हुवावे इकोसिस्टम हुवावे मोबाइल सर्भिसेसमा जडित छ र हाम्रो ‘१+८+एन’ रणनीतिमा संलग्न छ । यसले हाम्रा साझेदारहरूलाई उनीहरूको व्यवसायहरू हाम्रो प्लेटफर्ममा एकीकृत गरी उनीहरूलाई डिजिटल इनोभेसनलाई अघि बढाउन सघाउनेछ’, ह्वावे कन्ज्युमर क्लाउड सर्भिसका अध्यक्ष झाङ पिङयानले भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .