पोखराको २ वडामा रहेका कुखुरा फार्ममा बर्ड फ्लू पुष्टि भएको छ।
पोखरा–१५ र १७ मा रहेका २ वटा फर्ममा बर्ड फ्लू भेटिएको जिल्ला बर्ड फ्लू नियन्त्रण कक्ष कास्कीले जनाएको हो।
जिल्ला बर्ड फ्लू नियन्त्रण कक्ष कास्की संचार अधिकृत डा. गृष्म न्यौपानेका अनुसार पोखरा १५ मा रहेको खुसीमान गुरुङ र १७ का खेमबहादुर क्षेत्रीले पालेका कुखुरा र हाँसमा रोग पुष्टि भएको हो।
पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षणले बर्ड फ्लू पुष्टि भएसँगै ती दुबै फर्ममा रहेका कुखुरा,हाँस,सुली, दाना नष्ट गरिएको छ।
ती दुवै फर्मलाई केन्द्र मानेर वरपरका समेत गरी कुल ३९ घरधुरीका ३८१ वटा कुखुरा,१२ हाँस, ५१ वटा बट्टाई,५ वटा टर्की,५०९ गोटा अण्डा,२२ किलोग्राम कुखुराको मासु, ३३२ केजी दाना र ३ हजार ८ सय किलोग्राम सुली नष्ट गरिएको छ।
सो क्षेत्रमा यही फागुन २९ गतेसम्म पंक्षी पालन गर्न तथा फागुन २७ गतेसम्म पंक्षीहरु ओसारपसार गर्न रोक लगाइएको बर्ड फ्लू नियन्त्रण कन्ट्रोल जोन इन्चार्ज शम्भुराज पाण्डेले जानकारी दिएका छन्।
Shares
प्रतिक्रिया