ad ad

कारोबार


मन्त्रालय भन्छ : चार महिनाभित्र सबैको हातमा स्मार्ट लाइसेन्स

मन्त्रालय भन्छ : चार महिनाभित्र सबैको हातमा स्मार्ट लाइसेन्स

नेपालखबर
मंसिर १, २०७६ आइतबार १२:१,

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले अबकाे चार महिनामा सबैकाे हातमा स्मार्ट लाइसेन्स पुर्‍याउने दाबी गरेकाे छ। 

मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीले आवश्यक लाइसेन्स नेपाल भित्रिसकेकाेले चार महिनामा छपाइ कार्य सकी वितरण गर्ने बताएका हुन्। 

उनले १० लाख स्मार्ट कार्ड नेपाल भित्रिसकेको पनि जानकारी दिए।

‘१० लाख स्मार्ट कार्ड भित्रिएको छ। मास प्रिन्टर पनि छ। अहिले प्रिन्टिङको लागि टेस्टिङ हुँदै छ। अर्को हप्ताबाटै छाप्न सुरु हुन्छ’, उनले नेपालखबरसँग भने, ‘अबको चार महिनामा सबैको हातमा स्मार्ट लाइसेन्स पुग्छ।’

मन्त्रालयमातहतकै लाइसेन्स वितरण गर्ने निकाय यातायात व्यवस्था विभागले झण्डै आठ लाख सवारीसाधन सञ्चालन अनुमति पत्र (स्मार्ट लाइसेन्स) छाप्न बाँकी रहेको बताएको छ।

विभागका अनुसार कहिले प्रिन्टरको अभाव हुने, कहिले स्मार्ट कार्ड नै नहुने समस्याका कारण मागअनुसारको लाइसेन्स छाप्न नसकिएको हो।

लाइसेन्स कार्ड अभाव भएपछि विभागले राजस्व तिरेको रसिदकै भरमा सवारी चलाउन पाउने भन्दै सेवाग्राहीलाई एक वर्षदेखि कुराइरहेको छ। विभागले २०७२ मंसिरबाट स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो। तर आजसम्म लाइसेन्स वितरणको काम नियमित हुनसकेको छैन।

विभागका सूचना अधिकारी तीर्थराज खनालले गत एक वर्षदेखिका सात लाख ८६ हजार स्मार्ट लाईसेन्स प्रिन्ट गर्न बाँकी रहेको नेपालखबरलाई जानकारी दिए।

हाल विभागले सीमित मेसिनबाट छपाइको काम गरिरहेको छ। सोही कारण मागबमोजिम लाइसेन्स छाप्न ढिलाइ भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .