ad ad

कारोबार


युनाइटेड इन्स्योरेन्सको वार्षिक साधारणसभा

युनाइटेड इन्स्योरेन्सको वार्षिक साधारणसभा

नेपालखबर
कात्तिक २६, २०७६ मंगलबार ११:५०,

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आव २०७४/०७५को २५औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

मंगलबार सम्पन्न वार्षिक साधारणसभा कम्पनीका सञ्चालक समिति अध्यक्ष भरत बहादुर कार्कीको अध्यक्षतामा बसेको हो।

साधारणसभामा सामान्य प्रस्तावहरु र विशेष प्रस्तावहरुमा छलफल गरी पारित भएको कम्पनीले जनाएको छ। सञ्चालक समिति सदस्यहरुको बैठक भत्तासम्बन्धी प्रस्ताव साधारणसभाको बहुमतले पारित भएको कम्पनीले जनाएको छ।

प्रस्तावहरुमा आव २०७४/०७५ वार्षिक प्रतिवेदन, सोही आवको नाफा नोक्सान तथा नगदप्रवाहको विवरण लगायत वित्तीय विवरणहरु पारित गर्दै आव २०७५/०७६ को लागि लेखा परीक्षकमा मदन निरौला एण्डक म्पनीलाई नियुक्त गरिएको सर्वसम्मत रुपमा बैठकबाट पारित भएको छ।

त्यसैगरी विशेष प्रस्तावको रुपमा पेश भएको सञ्चालक समितिको संरचनामा सात जना सञ्चालक सदस्यहरु रहने गरी कम्पनीको विनियमावलीमा संशोधन गर्ने प्रस्ताव र कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग एक आपसमा गाभ्ने/गाभिने चल/अचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्न निजको पारिश्रमिक तोक्नेलगायत मर्जरसम्बन्धी अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .