ad ad

कारोबार


एक वर्षभित्र दुई अर्ब बचत गर्ने वायुसेवा निगमको दाबी

एक वर्षभित्र दुई अर्ब बचत गर्ने वायुसेवा निगमको दाबी

नेपालखबर
कात्तिक २०, २०७६ बुधबार १०:३६,

नेपाल वायुसेवा निगमले एक वर्षभित्र दुई अर्बभन्दा बढी रुपैयाँ बचत गर्ने दाबी गरेको छ। निगमका कार्यकारी अध्यक्ष मदन खरेलले विभिन्न उपाय लगाएर एक वर्षभित्र दुई अर्ब २७ करोड रुपैयाँ बचत गर्ने कार्ययोजना तय गरिएको जानकारी दिएका हुन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले बचतका लागि विमानमा अतिरिक्त इन्धन बोकेर हिँड्नु नपर्ने व्यवस्था गरिएको बताए। उनले विगत चार महिनायता निगमले करिब ६० करोड बचत गर्न सफल भएको दाबी पनि गरे।

निगमले जापानको ओसाका उडान गरिएको र त्यो नाफामूलक हुने दाबी पनि गरेको छ। निगमले आगामी मार्चसम्म साउदी अरबको रियाद, चीनको ग्वान्झाउ र जापानको नारितामा पनि उडान भर्ने योजना तय गरेको छ।

निगमले विमान लिज (भाडा)मा लिने योजना पनि अघि सारेको छ। जहाजहरु खरिद गर्न बुद्धिमत्ता नहुने निष्कर्ष निकाल्दै लिजमा लिने तयारी गरिएको पनि निगमले जनाएको छ। निगमका कार्यकारी अध्यक्ष खरेलले विमान खरिद गर्ने कामले कसैले पनि हित नगर्ने भएकाले अब विमान लिजमा लिएर चलाउने योजना तय गर्नुपरेको पनि स्पष्ट पारे।

निगमले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सघाउ पु¥याउन उडान मूल्यलाई अझै सहज बनाउने तयारी पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .