ठूलो एजेन्ट सञ्जाल भएको आईएमईले वर्ड भ्रमण विथ साइग्रेसको आयोजना गर्ने भएको छ।
उक्त कार्यक्रम नेपालका सातवटै प्रदेशका मुख्य–मुख्य सहरहरूमा आज मंगलबारदेखि आगामी मंसिर १७ (९ नोभेम्बर देखि ३ डिसेम्बर, २०२१ ) सम्म आयोजना हुनलागेको हो।
वर्ड भ्रमणमा नेपालको लोकप्रिय स्टोरी टेलर साइग्रेसद्वारा श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरुको संघर्षको कथा सँगसँगै रेमिट्यान्स रकमको सही सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथामार्फत प्रस्तुति गर्नेछन्।
कार्यक्रमको टिकेटिङ्ग पार्टनर ‘आइएमई पे’ रहेको छ भने आतिथ्य पार्टनर रोडहाउस क्याफे रहेको छ । साथै एडुकेसन पार्टनर टेक्सस् कलेज अफ म्यानेजमेन्ट र आइटी रहेको छ भने मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द हुने भएको छ।
उक्त कार्यक्रम आईएमई लिमिटेड र आइएमई पेका आधिकारिक सामाजिक सञ्जालहरु फेसबुक, युट्युब, ट्विटर र लिंक्डइन पेजहरूका अतिरिक्त साइग्रेसका अफिसियल पेजहरुबाट पनि प्रसारण हुनेछन्।
कार्यक्रम तालिका
क्र.सं | स्थान | सहर | मिति | समय | सम्पर्क नं |
१ | होटल रुबस | धनगढी | ९ नोभेम्बर २०२१ | दिउँसो २ः३० बजे | ९८६८२२२०५५ |
२ | क्लब ग्राभिटी | पोखरा | २२ नोभेम्बर २०२१ | दिउँसो ४ः०० बजे | ९८१९१४४३४७ |
३ | राष्ट्रिय नाच घर | काठमाण्डौं | ३ डिसेम्बर २०२१ | दिउँसो ३ः३० बजे | ९८०१६४४४६२ |
४ | साई पार्टी प्यालेस | झापा | १३ नोभेम्बर २०२१ | दिउँसो ३ः०० बजे | ९८१४०९९८०४ |
५ | डि कन्सेप्ट | बुटवल | २० नोभेम्बर २०२१ | दिउँसो २ः३० बजे | ९८५७०८०२८८ |
६ | चितवन गार्डेन रिसोर्ट | चितवन | १९ नोभेम्बर २०२१ | दिउँसो २ः३० बजे | ९८४५५२९५८२ |
७ | BPKIHS अडिटोरियम | धरान | १५ नोभेम्बर २०२१ | दिउँसो २ः०० बजे | ९८६०९३४६५४ |
Shares
प्रतिक्रिया