हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन्।
सञ्चालक समितिको ४ सय ११औँ बैठकले बुधबार श्रेष्ठलाई नयाँ अध्यक्ष नियुक्त गरेको हो।
उनले बुधबारदेखि नै काम थालेका छन्। यसअघि तुलसी प्रसाद गौतम बैंकको अध्यक्ष थिए।
हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर प्रक्रिया चलिरहेको छ। दुवै बैंकले आगामी कात्तिक देखि एकीकृत कारोबारको तयारी गरेका छन्।
यसअघि श्रेष्ठ बैंकमै डाइरेक्टर पदमा थिए।
27
Shares
प्रतिक्रिया