पोखरामा शुक्रबारदेखि रात्रिकालीन व्यवसायहरु सञ्चालनमा आउने भएका छन्।
जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले सुरक्षा मापदण्ड कायम गर्दै रातको ९:३० बजेसम्म डान्स, दोहोरी,क्लबहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो।
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमबाट बुधबार जारी आदेशमा होटल तथा रेस्टुराँहरु रातको ११:३० सम्म खोल्न दिने तथा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ।
विद्यालय सञ्चालन गर्दा स्थानीय तहसँग समन्वय गर्न पनि भनिएको छ।
33
Shares
प्रतिक्रिया