मकवानपुरको हेटौंडा मेनरोड कपुर कम्प्लेक्समा सीजी इलेक्ट्रोनिक्सले आफनो नयाँ सीजी डिजिटल प्रिमियम मल्टिब्राण्ड शोरुमको उद्घाटन गरेको छ।
चौधरी ग्रुपले सीजी इलेक्ट्रोनिक्सका सम्पूर्ण ब्रान्डहरु एलजी, सीजी, टीसीएल, गोदरेज, सेन्सेई, ब्ल्याक प्लस डेकोर, केन्ट, पिजन र एलिका विद्युतीय घरायसी सामग्रीहरु सहजरुपमा ग्राहकसमक्ष पु¥याउने उद्देश्यले सीजी डिजिटल प्रिमियम मल्टिब्राण्ड शोरुम विस्तार गर्दै आएको छ।
सोही क्रममा आइतबार नयाँ शोरुम हेटौँडामा स्थापना गरिएको हो। यो कम्पनीको १९औँ शोरुम हो।
सीजी इलेक्ट्रोनिक्सका विद्युतीय घरायसी सामग्रीहरुमा ग्राहकले देखाएको विश्वास र चाहनाको कारणले गर्दा कम्पनीले सीजी डिजिटलका आउटलेटहरु विस्तार गर्दै आएको छ।
12
Shares
प्रतिक्रिया