ad ad

कारोबार


नेपालको निर्यात बढ्नथाल्यो, दुई महिनामा साढे १८ अर्बको वस्तु निर्यात

नेपालको निर्यात बढ्नथाल्यो, दुई महिनामा साढे १८ अर्बको वस्तु निर्यात

नेपालखबर
कात्तिक ६, २०७६ बुधबार १२:१८,

आर्थिक वर्ष २०७६/७७ को दुई महिनामा कुल वस्तु निर्यात २५.९ प्रतिशतले वृद्धि भई १८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८ प्रतिशतले वृद्धि भएको थियो।

राष्ट्र बैंकले चालू आवको पहिलो दुई महिनाको तथ्यांक बुधबार सार्वजनिक गरेको हो। नयाँ तथ्यांकअनुसार गन्तव्यका आधारमा भारततर्फ ४६.० प्रतिशत र अन्य मुलुकतर्फ ०.६ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), कपडा लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, जुस, तार, तयारी पोशाक, पश्मिना लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७६÷७७ को दुई महिनामा कुल वस्तु आयात १.२ प्रतिशतले घटेर २ खर्ब २९ अर्ब ५० करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३८.५ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २ प्रतिशत र १९.८ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३९.२ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोशाक, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पाटपुर्जा, हटरोल सिट, रासायनिक मल लगायतका वस्तुको आयात बढेको छ भने हवाइजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, सुन, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा निर्याततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय, नेपालगन्ज भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय, रसुवा भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट गरिएको नर्यात वृद्धि भएको छ । आयाततर्फ भने वीरगंज भन्सार कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय, नेपालगन्ज भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, जलेश्वर भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट भएको आयात वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७६÷७७ को दुई महिनासम्ममा कुल वस्तु व्यापार घाटा ३.१ प्रतिशतले संकुचन भई २ खर्ब ११ अर्ब कायम भएको छ। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.३ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .