ad ad

कारोबार


सेयरबजारमा गिरावटः १६ करोडको मात्रै कारोबार

सेयरबजारमा गिरावटः १६ करोडको मात्रै कारोबार

नेपालखबर
कात्तिक ४, २०७६ सोमबार १०:४,

आज पनि सेयरबजारमा गिरावट देखिएको छ। बजार कारोबार मापक सूचक नेप्से १.३३ अंकले ओरालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। त्यस्तै ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सिटिभ पनि शून्य दशमलव ३७ अंकले ओरालो लागेको छ।

आज बजारमा १ सय ४५ कम्पनीको कारोबार भएकोमा ६ लाख कित्ता सेयर बिक्री भएका छन्। बजार खुलेर बन्द हुँदासम्म आज ३ हजार ४ सय २५ पटक कारोबार भएको छ। कुल ११ समूहमध्ये आज छवटा समूहको मात्रै कारोबार सूचक उकालो लागेका छन्।

कारोबारका हिसाबले आज वाणिज्य बैंकहरु अग्रपंक्तिमा देखिएका छन्। आज प्रभु बैंकको १ करोड ८९ लाखको कारोबार गर्नेबाहेक अन्य कम्पनीले १ करोडको कारोबार गर्न सकेका छैनन्। नेप्सेका अनुसार नेपाल बैंक लिमिटेडको ७६ लाखको, मेगा बैंकको ७० लाखको, शिवम् सिमेन्टको ६५ लाखको, नेपाल लाइफ इन्स्योरेन्सको ६० लाखकोे, कृषि विकास बैंकको ५६ लाखको कारोबार भएको छ।

कमाइका हिसाबले आज घोडीघोडा लघुवित्त अगाडि छ। कम्पनीका सेयरधनीले ४.८१ प्रतिशत आम्दानी गरेका छन्। त्यस्तै, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीले ४.१८ प्रतिशत, आशा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ३.१३ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकका सेयरधनीले २.८६ प्रतिशत आम्दानी गरेका छन्।

त्यस्तै, घाटा व्यहोर्ने कम्पनीमा आज एभरेष्ट बैंक लिमिटेड कन. प्रिफरेन्सको सेयर मूल्यमा आज ९.२८ प्रतिशतले गिरावट आएको छ। कम्पनीका सेयरधनीले उक्त दरमा सेयर मूल्य घट्दा ६६ रुपैयाँ प्रतिकित्ता गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .