एनआईसी एसिया क्यापिटल लिमिटेडको सञ्चालक समिति अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन्।
उनको पदीय जिम्मेवारी साउन १ देखि नै लागू भइसकेको कम्पनीले जनाएको छ।
यसअघि ढकाल एनआईसी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत थिए।
उनीसँग डिलोटे इन्डिया (बिग४) आईसीआईसीआई बैंक, इन्डिया तथा हाम्रो विकास बंैकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ।
उनी व्यावसायिक चार्टर्ड एकाउन्टेन्ट पनि हुन्। उनले एनआईसी एसिया बंैकको हालको ट्रान्सफरमेसनल जर्नीको उद्गमविन्दु मानिएको बिजनेस प्रोसेस रिइन्जिनियरिङ विभागको प्रमुखको भूमिकाबाट उक्त बैंकमा प्रवेश गरी बैंकको उच्च व्यवस्थापन तहमा १२ वर्षभन्दा बढीको बैंकिङ्ग अनुभव गरेका छन्।
हाल एनआईसी एसिया लघुवित्त वित्तीय संस्थामा समेत अध्यक्ष रहेका उनले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई उत्कृष्ट बनाउने कम्पनीको विश्वास छ।
Shares
प्रतिक्रिया