ad ad

कारोबार


युनियन लाइफको साधारण सेयर बिक्री खुल्ला, कति कित्ता भर्ने?

युनियन लाइफको साधारण सेयर बिक्री खुल्ला, कति कित्ता भर्ने?

नेपालखबर
असार २४, २०७८ बिहिबार १४:१४,

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजबाट सर्वसाधारणहरुको लागि धितोपत्रको सार्वजनिक निष्काशन साधारण सेयर बिक्री खुल्ला गरेको छ। 

कम्पनीको आफ्नो जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशतले हुन आउने ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्नलागेको हो। 

उक्त सेयर कित्तामध्ये ५ प्रतिशत अर्थात् ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

कम्पनीको साधारण सेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। 

आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

कम्पनीको साधारण सेयर खरिदका लागि छिटोमा असार २८ गतेसम्म आवेदन दिन सकिनेछ। 

त्यस दिनसम्म माग गरिए भन्दा कम आवेदन परेको खण्डमा भने साउन ७ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने जनाइएको छ। 

कम्पनीको साधारण सेयरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी कार्य प्रभु क्यापिटल लिमिटेडमार्फत भएको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .