ad ad

Draft


सीमा विवादबारे भोलि भारत र चीनबीच लद्दाखमा वार्ता हुँदै, विश्वकै चासो

सीमा विवादबारे भोलि भारत र चीनबीच लद्दाखमा वार्ता हुँदै, विश्वकै चासो

नेपालखबर
जेठ २३, २०७७ शुक्रबार १७:१५,

चीन र भारतबीच भइरहेको सीमा विवाद सुल्झाउन भोलि शनिबार बिहान दुई देशबीच उच्चस्तरीय वार्ता हुने भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार भोलि बिहान लद्दाखको सीमा क्षेत्रमा हुने वार्तामा दुवै देशका सैनिकको दोस्रो वरियताका अधिकारीले नेतृत्व गर्नेछन्।

भारत र चीनका लेफ्टिनेन्ट जनरल बिहान ९ बजे वार्ताका लागि लद्दाख पुगिसक्नेछन्। वार्ता हुने भएपछि विश्वले चासोपूर्वक हेरेका छन्।

लाइन अफ एक्चुअल कन्ट्रोल भनिने भारत र चीनबीचको सिमामा पछिल्लो समय तनाव बढ्दै जाँदा सैन्य तहमा वार्ता हुन लागेको हो। लद्दाखमा चीन र भारत दुवैले सैन्य शक्ति थपेका छन्।

भारतले लद्दखमा पूर्वाधार विकास तिव्र पारेपछि चीनले सैन्य उपस्थिति बढाएको हो। सिक्किम, उत्तराखण्ड र लदाखमा भारत र चीनबीच विवाद छ। विवाद चर्कंदै जाँदा युद्धको खतरा समेत भएको थियो। समस्या समाधान गर्न दुवै देशबीच सैन्य तहमा वार्ता हुन लागेको हो।

यसअघि भारत र चीनबीच सिमा विवाद समाधानका लागि दशपटक वार्ता भइसकेको छ। तर, समस्याको समाधान निस्किएको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .