सूर्यको आराधना र उपासना गरी मनाइने छठ पर्वको हेटौँडामा रौनक देखिएको छ।
छठ पर्वको मुख्य दिन आज (आइतबार) छठको व्रत बसेका श्रद्धालुहरू हेटौँडास्थित राप्तितटमा रहेको छठ घाटमा जम्मा भएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन्।
यस्तै छठ पर्वको रौनक हेर्न अन्य श्रद्धालु तथा भक्तजनहरूको राप्ति तटमा भीड बढेको थियो।
पूजा सामग्री तथा श्रद्धालु भक्तजनले राप्ति किनार भरिएको थियो। छठ पूजाको लागि छठ पूजा मूल समारोह समितिले ६ सय फिट लामो पण्डाल तयार गरेको छ।
आज सूर्यलाई चढाउन ल्याइएका सामग्री घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्यलाई चढाएर अर्घ्य दिइन्छ।
यस्तै भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ।
हेटौँडामा छठको रौनक हेर्नुस् केही तस्बिरमा-
39
Shares
प्रतिक्रिया