ad ad

बागमती


बागमती प्रदेशसभाका ३ वटा संसदीय समितिमा सभापति चयन

बागमती प्रदेशसभाका ३ वटा संसदीय समितिमा सभापति चयन

नेपालखबर
जेठ ५, २०८१ शनिबार १८:५, मकवानपुर (हेटौंडा)

बागमती प्रदेशसभामा रहेका तीन वटा संसदीय समितिले सभापति पाएको छ।

शनिबार सम्पन्न निर्वाचनबाट प्रदेश मामिला, सार्वजनिक लेखा र शिक्षा स्वास्थ्य तथा कृषि समितिमा सर्वसम्मत रूपमा सभापति चयन भएको प्रदेशसभा सचिव कृष्णहरि खड्काले जानकारी दिए। 

प्रदेश मामिला समितिको सभापतिमा नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा चयन भएका छन् भने सार्वजनिक लेखा समितिमा कांग्रेसकै श्रीराम लामिछाने सभापतिमा सर्वसम्मत चयन भएका हुन्।

यस्तै, शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकाल चयन भएका छन्।

यता उद्योग, पर्यटन तथा वातावरण समितिको निर्वाचन प्रयोजनका लागि बैठक आज साँझ ६ बजेलाई राखिएको छ। निर्वाचन प्रयोजनका लागि राखिएको बैठकबाट अर्थ विकास समिति सभापतिमा राप्रपाका नुरज बज्राचार्य चयन हुँदैछन्।

उक्त समितिमा शुक्रबार बज्राचार्यको एकल उम्मेदवारी दर्ता गराएका थिए।

उद्योग, पर्यटन तथा वातावरण समितिमा सभापतिका लागि एमालेले रामेछापका आनन्दकुमार श्रेष्ठलाई उम्मेदवार बढाउने निर्णय गरिसकेको छ। नेकपा (एकीकृत समाजवादी)को भागमा परेको विशेषाधिकार समितिमा धादिङकि माया देवी शर्मा उम्मेद्वार बनाउने निर्णय भएको नेकपा एस बागमती संसदीय समितिका सभापति कृष्णप्रसाद खनालले जानकारी दिए।

एमालेको भागमा परेको उद्योग, पर्यटन तथा वातावरण समिति र शनिवार प्रदेशसभा बैठकले गठन गरेको विशेषाधिकार समितिको निर्वाचन भने सोमबार १० बजेका लागि तोकिएको सचिव खड्काले जानकारी दिए। 

उम्मेदवारी दर्ताका लागि भोली आइतबार ३ देखि ५ बजेसम्म समय दिइएको छ।

शनिबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभा नियमावली, २०७४ ले व्यवस्था गरेअनुसार विशेषाधिकार समिति गठन भएको हो।

समितिमा १७ जना सदस्यलाई सभामुख भुवनकुमार पाठकले मनोनयन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .