बागमती प्रदेश सरकारमा रहेका एमालेका ४ मन्त्री आज सरकार छाड्ने तयारीमा जुटेका छन्। आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वास मत लिएसँगै एमाले पनि सरकारबाट बाहिरिने तयारीमा रहेको हो।
केन्द्रमा सत्ताबाहिर रहेको एमाले प्रदेश सरकारबाट पनि बाहिरिने तयारीमा रहेको एमालेका प्रदेशसभा सदस्यले जानकारी दिए। सत्ता बाहिर बस्ने निर्णयमा पुगेको एमाले प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहने स्रोतको दाबी छ।
यता, एमाले बागमती संसदीय दलका नेता तथा प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलियाले आजको बैठकमा आफ्नो धारणा राखेर सरकारबाट बाहिरिने बताए।
‘हामीले बुधबार नै सरकार छाड्ने तयारी गरेका थियौं। बैठक बस्न नसकेपछि राजीनामा नदिएका हौं। आज बैठक बसे आजै राजीनामा दिन्छौं’, थपलियाले नेपालखबरसँग भने।
बागमती सरकारमा एमालेबाट थपलियासहित एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायातमन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्यमन्त्री र केशवप्रसाद पोखरेल कृषी तथा पशुपन्छी विकासमन्त्री छन्।
Shares
प्रतिक्रिया