ad ad

बागमती


नारायणगढ-मुग्लिन सडकखण्डमा आज राति सवारी चलाउन रोक

नारायणगढ-मुग्लिन सडकखण्डमा आज राति सवारी चलाउन रोक

नेपालखबर
असोज ११, २०८१ शुक्रबार १६:२७, मकवानपुर (हेटौंडा)

नारायणगढ–मुग्लिन सडकखण्डमा शुक्रबार (आज) रातको समयमा सवारी चलाउन नपाइने भएको छ। बिहीबार रातिदेखि निरन्तर परेको वर्षाका कारण भइपरि आउने जोखिम न्यूनीकरणका लागि रातको समयमा सवारी चलाउन नदिइने भएको हो।

आज साँझ ७ बजेदेखि शनिबार (भोलि) बिहान ५ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा अत्यावश्यक बाहेकका कुनैपनि सवारी चल्न नदिइने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

पहिरोको जोखिम रहेको उक्त सडकमा रातको समयमा सवारी साधन चलाउन रोक लगाउने निर्णय भएको यादवले बताए। 

‘दिउँसोको समयमा पहिरो झरेको देख्न सकिन्छ,’ प्रमुख जिल्ला अधिकारी यादवले नेपालखबरसँग भने, ‘रातको समयमा केही देखिदैँन। जसका कारण यसअघिका जस्ता ठुला दुर्घटना हुन सक्छन्। यस्ता घटना नघटोस् भन्ने उदेश्यले सवारीमा रोक लगाउने निर्णय गरेका हौँ।’

उनका अनुसार काठमाडौँबाट चितवनतर्फ आउने सवारीलाई मुग्लिनमा रोकिनेछ भने चितवनबाट काठमाडौँ जाने सवारीलाई रामनगरमा रोक्ने व्यवस्था मिलाइएको छ।

जसका लागि जिल्ला ट्राफिक कार्यालय चितवनबाट ट्राफिक प्रहरीहरू खटाइने यादवले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .