नेकपा एमालेले बागमती प्रदेशमा आफ्नो तर्फबाट सहभागी मन्त्रीको नाम टुंगो लगाएको छ। मन्त्रालयको टुंगो नलगाए पनि मंगलबार मन्त्री हुने व्यक्ति भने टुंग्याएको हो।
जसमा प्रकाश श्रेष्ठ–काठमाडौँ, प्रेम भक्त महर्जन–ललितपुर, अमन मास्के–काठमाडौँ, कृष्ण सिलवाल–चितवन, सुकमाया तामाङ–सिन्धुली र किरण थापा मगर–भक्तपुर छन्।
एमालेले यो पटक सहभागी ६ जनामध्ये ५ जना नयाँ अनुहार रहेका छन्।
प्रकाश श्रेष्ठ बाहेक ५ जना नयाँ अनुहार हुन्।
बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले आज दाबी पेस गर्दैछन्।
कांग्रेस र नेकपा एमालेको समर्थनमा लामाले मुख्यमन्त्री पदमा आज प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने भएका हुन्।
मुख्यमन्त्रीको नियुक्ति आजै साँझ हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
Shares
प्रतिक्रिया