ad ad

बागमती


बागमती प्रदेशसभा भवन अगाडि प्रदर्शन,  बजेट वक्तव्य प्रभावित

बागमती प्रदेशसभा भवन अगाडि प्रदर्शन,  बजेट वक्तव्य प्रभावित

सुनिता विष्ट
असार १, २०८१ शनिबार १७:२१, मकवानपुर (हेटौंडा)

हेटौंडा अस्पताललाई मदन भण्डारीको नामबाट अलग गर्नुपर्ने माग राख्दै राजनीतिक दलहरूले बागमती प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका छन्। 

हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग राखेर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा लगायतका दलले विरोध प्रदर्शन गरेका हुन्।

प्रदेशसभामा आज बजेट प्रस्तुत गर्ने कार्यसुचि थियो। प्रदेश सभा बैठक सुरु हुनुपूर्व विरोध सुरु भएपछि बैठक नै प्रभावित भएको छ।

विरोध प्रदर्शनका कारण ४ बजे सुरू हुने भनिएको प्रदेशसभा बैठक अझै सञ्चालन हुन नसकेको हो।

प्रदर्शनमा नेपाली काङ्ग्रेस, राप्रपा लगाएत दलका प्रदेश सभा सदस्यहरुले समेत एक्यवद्धता जनाएका छन्।

मकवानपुरका राजनीतिक दलहरूले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गराएर संघीय सरकार मातहत सञ्चालन गर्नुपर्ने आवाज उठाउँदै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .