देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन्। यो तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो।
बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए।
यसै क्रममा हेटौँडा-४ मा रहेको जामेसहितका मस्दिजमा पनि मुस्लिम समुदायले बिहानै नमाज पढेका छन्।
मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ हुन्छन्। रमजानलाई पवित्र महिना मानिन्छ।
‘जकात (दान) यही महिनामा दिइन्छ’, अध्यक्ष मियाँ भन्छन्, ‘हामी यो महिनालाई पुण्य कमाउने महिना मान्छौँ।’
इद–उल फित्र ‘सेवइ’ खाएर र सामूहिक रुपमा नमाज पढेर मनाइन्छ।
हेटाैँडाका केही तस्बिर-
135
Shares
प्रतिक्रिया